भक्तपुरबाट ६ वर्षीया बालिका अपहरणः मुखमा टेप र हात बाँधेको अवस्थामा उद्धार

हाम्रो सन्देश संवाददाता

काठमाडौं, १९ माघ ।

भक्तपुरको सूर्यविनायक नगरपालिका–५ बाट एक बालिका अपहरणमा परेको ५ घण्टापछि प्रहरीले उद्दार गरेको छ ।

आइतबार १२ बजे ग्लोरी इंग्लिस स्कूलमा अध्ययन गर्ने ६ वर्षीया बालिकालाई अपहरण परेको ५ घण्टा अर्था अहिले वेलुका ५ बजे अपहरणमुक्त गरिएको हो ।

बालिकाको उद्धार गर्नुको साथै अपहरणमा संलग्न एक व्यक्तिलाई पनि पक्राउ गरेको महानगरीय प्रहरी वृत ठिमीका डिएसपी शान्तिराज कोइरालाले समयहवलाई जानकारी दिए ।

पक्राउ पर्नेमा सर्लाहीको लालबन्दी नगरपालिका-५ घर भई भक्तपुर बोडे बस्ने २० वर्षीय आशिष थापा छन्।

अपहरण गरेर १६ लाख रुपैयाँ फिरौतीसमेत माग गरेका भन्दै प्रहरीलाई सूचना आएपछि खटिएको प्रहरीले घ्याम्पेडाडाँ जंगलमा मुखमा टेप लगाएको र हात बाँधेको अवस्थामा उद्दार गरेको हो ।

फुर्सदमा यो रमाइलो भिडियो पनि हेर्नुहोस्।

हाम्रो सन्देशमा प्रकाशित कुनैपनि लेख वा सामग्रीबारे गुनासो तथा सुझाव भए [email protected] मा पठाउनु सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर र भाईबरमा पनि जोडिन सक्नुहुन्छ ।