रेडियोबाट निस्केर कोठामा जाँदै गर्दा पत्रकार महासंघ दाङका सहसचिव पौडेलमाथि कुटपिट

हाम्रो सन्देश संवाददाता

दाङ,१९ माघ ।

नेपाल पत्रकार महासंघ, दाङ शाखाका सहसचिव गोकर्ण पौडेलमाथि हातपात भएको छ ।

पौडेलमाथि कुटपिट गर्ने बबई गाउँपालिका वडा नं. ५ हापुरे निवासी मोहन भण्डारी र सागर सुनारीलाई प्रहरीले आइतवार विहान पक्राउ गरेको छ । उनीहरुले पत्रकार पौडेलमाथि शनिबार हापुरे बजारमा कुटपिट गरेका थिए ।

रेडियो हापुरेबाट निस्केर कोठामा जाँदै गर्दा अनाहकमा एक्कासि आएर उनीहरुले आफूमाथि कुटपिट गरेको पौडेलले बताएका छन् ।

कुटपिटका आरोपी दुवैजनाको यस विषयमा प्रतिक्रिया भने आउन बाँकी नै छ ।

यसैबीच, पत्रकारमाथि भएको कुटपिटको घटनाप्रति नेपाल पत्रकार महासंघ दाङ शाखाले आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

फुर्सदमा यो रमाइलो भिडियो पनि हेर्नुहोस्।

तपाईको समाचार, लेख /रचना वा सुझाव र प्रतिक्रिया भएमा [email protected] मा पठाउनुहोला ।