नेकपा सांसदलाई बालुवाटारमा प्रधानमन्त्रीको रात्रिभोज,अनिबार्य उपस्थितिका लागी ह्विप

हाम्रो सन्देश संवाददाता

काठमाडौं,१९ माघ ।

प्रधानमन्‍त्री एव‌ं नेकपा अध्यक्षले सांसदहरुका लागि रात्रिभोज आयोजना गर्दै अनिबार्य उपस्थितिका लागी सांसदहरुलाई ह्विप जारी गरिएको छ ।

सांसदहरुलाईम्यासेजमा लेखिएको छ- २०७६१०१९ गते साँझ ६ बजे पिएमनिवास बालुवाटारमा रात्रिभोज आयोजना गरिने भएको हुँदा उपस्थितिका लागि अनुरोध गरिन्छ। ह्विप। सिपिएन।

अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) बारे सत्तारुढ सांसदहरुबीच एकमत बनाउने प्रयासस्वरुप प्रधानमन्त्री ओलीले भोजको आयोजना गरेको अनुमान गरिएको छ । भोजका लागि सांसदहरुलाई साँझ ६ बजे बालुवाटार छिर्न भनिएको छ ।

(नेकपा) को दोस्रो पूर्ण बैठक आज समापन हुँदैछ । बैठक समापनसँगै प्रधानमन्त्री ओलीले आजै सम्पूर्ण केन्द्रीय सदस्यहरुलाई बालुवाटारमा रात्रिभोजको आयोजना गरेरा असन्तुष्ट नेताहरुलाई फकाउन खोजेको पनि विश्लेषण गरेका छन्।

फुर्सदमा यो रमाइलो भिडियो पनि हेर्नुहोस्।

हाम्रो सन्देशमा प्रकाशित कुनैपनि लेख वा सामग्रीबारे गुनासो तथा सुझाव भए [email protected] मा पठाउनु सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर र भाईबरमा पनि जोडिन सक्नुहुन्छ ।