हायस र बस एकआपसमा ठोक्किदा ३ जनाको मृत्यु

हाम्रो सन्देश संवाददाता

इटहरी,१९ माघ ।

महेन्द्र राजमार्गस्थित इनरुवाको सखुवागाछिमा हायस र नाइट बस एकआपसमा ठोक्किदा ३ जनाको मृत्यु भएको छ।

आइतबार बिहान भएको दुर्घटनामा चार जना घाइते भएका छन्।

पुर्वतर्फ आइरहेको ना ६ ख ७९५ नम्बरको बस र पश्चिमतर्फ गइरहेको बा ५ ख ३१५७ नम्बरको हायस एक आपसमा ठक्कर खाएका हुन् ।

घाइतेलाई उपचारको लागि अस्पताल पुर्याइएको छ। मृतकको सनाखत भएको छैन। थप विवरण आउन बाँकी छ ।

फुर्सदमा यो रमाइलो भिडियो पनि हेर्नुहोस्।

हाम्रो सन्देशमा प्रकाशित कुनैपनि लेख वा सामग्रीबारे गुनासो तथा सुझाव भए [email protected] मा पठाउनु सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर र भाईबरमा पनि जोडिन सक्नुहुन्छ ।