माघ १९ : तत्कालीन राजा ज्ञानेन्द्र शाहले ‘राजनीतिक कू’ गरेको दिन

हाम्रो सन्देश संवाददाता

काठमाडौं,१९ माघ ।

तत्कालीन राजा ज्ञानेन्द्र शाहले ‘राजनीतिक कू’ गरेको दिनको रुपमा सम्झना गरिँदै छ । नेपालको प्रजातन्त्रिका आन्दोलनमा कालो दिनको रुपमा आजको दिनलाई लिने गरीन्छ ।

२०६१ सालको माघ १९ गते राजा ज्ञानेन्द्रले प्रतिनिधिसभा विघटन गरी शाही सम्बोधनमार्फत शासनसत्ता आफ्नो नियन्त्रणमा लिएका थिए । दरबार हत्याकाण्डलगत्तै राजा बनेका ज्ञानेन्द्र शाहले मुलुकमा राजनीतिक अधिकार, मानवअधिकार तथा प्रेस स्वतन्त्रता कुण्ठित गरेर मोबाइल र टेलिफोन लाइनसमेत बन्द गराएका थिए।

शाहले तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवालाई अपदस्थ गरी आफ्नै अध्यक्षतामा मन्त्रीमण्डल गठन गरेका थिए । शाहले रेडियोमा समाचार रोक लगाउँदै सञ्चार गृहहरुमा तत्कालीन सरकारले सेना परिचालन गराइएको थियो।

२०६२/०६३ को दोस्रो जनआन्दोलनले राजसंस्थाको अन्त्य गराई मुलुकमा गणतन्त्र स्थापना गराएको थियो ।

त्यससपछि संविधानसभामार्फत संविधान बनाएर देश संघीय संरचना कार्यान्वयनतर्फ अघि बढिरहेको छ।

फुर्सदमा यो रमाइलो भिडियो पनि हेर्नुहोस्।

हाम्रो सन्देशमा प्रकाशित कुनैपनि लेख वा सामग्रीबारे गुनासो तथा सुझाव भए [email protected] मा पठाउनु सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर र भाईबरमा पनि जोडिन सक्नुहुन्छ ।