बाल्यकालदेखि कै मिल्ने साथी प्रचण्ड र बादलबीच बोलचाल नै बन्द

हाम्रो सन्देश संवाददाता

काठमाडौं,१८ माघ ।

२०२८ सालमै कम्युनिष्ट पार्टीको सदस्यता लिएका पुष्पकमल दाहाल(प्रचण्ड) र २०३७ सालदेखि कम्युनिष्ट पार्टीका सदस्यता लिएर पूर्णकालिन बनेका रामबहादुर थापा(बादल)बीचको सम्बन्ध कहिले अत्यन्तै घनिष्ठ त कहिले हिउँजस्तो चिसो हुने गरेको छ ।

प्रचण्डर बादलबीचको सम्बन्धमा धेरै आरोह अवरोह आएको देखिन्छ । कहिले निक्कै नजिकिने र कहिले धेरै टाढा पुग्ने । यीनीहरुबीचको सम्बन्ध ‘माया बैगुनी , नभई नहुने’गित जस्तो भनेर पूर्वमाओवादीबिच चर्चा पनि चल्नेगर्दछ ।

बाल्यकालदेखि कै मिल्ने साथी रहेका प्रचण्ड र बादलबीचको राजनीतिक सम्बन्ध रोचकलाग्दो पनि छ । अर्थात अनेक उतारचढाव, सम्बन्ध बिच्छेद र मिलन । जतिबेला माओवादी आन्दोलन चरमा उत्कर्षमा पुगेको थियो त्यसबेला माओवादी पार्टीभित्र हाईकमाण्डमा रहेका नेताहरुबीच सुमधुर सम्बन्ध नभएको त्यसबेलाको ईतिहास हेर्दा र पढ्दा थाहा पाईन्छ । खासगरी अहिले नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष रहेका पुष्पकमल दाहाल(प्रचण्ड) र सचिवालय सदस्य एवम् गृहमन्त्री रामबहादुर थापा( बादल)बीच माओवादी आन्दोलनताकाकै परिवेश अहिले देखिएको चर्चा चल्ने गरेको छ । नेकपा बनेपछि बादलले शक्ति आर्जन गर्दै तेस्रो धार बनाउने भित्रभित्रै अभियान चलाएपछि प्रचण्ड झस्किन पुगेका छन् ।

त्यतिबेला माओवादी पार्टीभित्रको एकले अर्कालाई शंका र उपशंकाको विषयले हेर्ने गरिन्थ्यो । त्यो क्रम अहिले पनि जारी रहेको छ । नेकपाका एक केन्द्रीय सदस्यका अनुसार कुनै बेला माओवादी आन्दोलनकै क्रममा एकपटक प्रचण्डले ‘बाबुरामसँग मिलेर पार्टी विभाजन गर्न खोजेको र हेडक्वार्टर कब्जा गर्न खोजेको आरोप’ बादलमाथि लगाएका थिए । त्यतिबेला बादलले वैद्य र बाबुरामलाई उक्साएको प्रचण्डको शंका थियो । त्यतिबेलादेखि शंका र उपशंकाले घेराबन्दीमा पारेको प्रचण्ड–बादलले अहिले पनि त्यो घेरा बाहिर जान सकिरहेका छैनन् ।

उनीहरुबीच कुनै बेला यति घनिष्ठ थियो कि पार्टीका नेता तथा कार्यकर्ताहरुले उनीहरुको सम्बन्धलाई देखेर ईष्र्या समेत गर्ने गर्थे । पछि फेरी उनीहरुको सम्बन्धमा यस्तो दरार आयो कि त्यो फाटिएको मन अहिलेसम्म जोडिएको छैन । त्यो तिक्तता र प्रतिद्वन्दीताको सीमारेखा अझै पनि ज्युको त्युँ रहेको छ । कुनैबेला प्रचण्डले बादललाई लिनप्याओसम्मको आरोप लगाएका थिए । लिनप्याओ भनेको हत्या गर्नेसम्मको प्रवृत्ति हो र त्यसलाई समाप्त पार्नुपर्छ भन्ने हुन आउँथ्यो । यसको प्रतिवाद गर्दै बादलले प्रचण्डलाई होक्जाको संश्लेषण गरेका थिए । एकपटक त नामै ‘लखन’ पनि राखे । त्यसको प्रतीकात्मक अर्थ प्रचण्डलाई जङ्गबहादुर भन्नु र त्यसका विरुद्ध विद्रोह गर्छु भन्ने थियो ।

यसरी आजसम्म आईपुग्दा पनि उनीहरुको सम्बन्धमा यस्तै खाले प्रवृत्ति हाबी भएको छ । प्रचण्ड–बादलको सम्बन्धले पनि माओवादी आन्दोलनलाई आजको स्थानसम्म पु¥याउन भूमिका निर्वाह गरेको देखिन्छ ।

लामो समय प्रचण्ड–बादलसँग सहकार्य गरेर अहिले सरकारद्वारा प्रतिबन्धित नेकपाका महासचिव रहेका नेत्रविक्रम चन्द(विप्लव)का अनुसार २०५२ सालमा तत्कालिन माओवादीले जनयुद्धको तयारी गर्दा यी दुई पात्रको भूमिका निकै सशक्त मानिन्थ्यो र हो पनि । यी दुई पुगेर प्रशिक्षण राखेपछि नयाँ पिँढीका क्रान्तिकारीहरूमा विशेष उत्साह र विश्वास पैदा भएको मानिन्थ्यो । जनयुद्धमा लैजानुपर्छ भन्नेमा पनि यी दुईको विशेष जोड थियो । प्रचण्डलाई नेतृत्वमा पु¥याउन बादलको भूमिका महत्वपूर्ण मानिन्छ ।

पद, चतु¥याइँ र गतिशीलतामा प्रचण्ड अगाडि थिए भने सरलता, दृढता र तर्क प्रभावकारितामा बादल अगाडि थिए । यसरी एक अर्काको स्वभावका कारण अब्बल रहेका प्रचण्ड र बादलको बुझिने गरी अन्तर्विरोध जनयुद्धको अन्तिम तयारीको गोरखा बैठकमा व्यक्त भयो । त्यहाँ प्रचण्डले नेतृत्व केन्द्रीकरणको विषय उठाएका थिए ।

त्यतिबेला बाहिरी राजनीतिमा बुझ्दा बाबुराम अर्थशास्त्री, किरण दर्शनशास्त्री, बादल सैन्यशास्त्री, प्रचण्ड भने टाकटुके सबैलाई मिलाउने र नेता हुने मात्र । यो हो कि होइन ? भन्ने मसालबाट विद्रोहको नेतृत्व गरेर आएका हरिबोल गजुरेलले बहस चलाएका थिए । त्यसलाई बढावा दिने काम बाबुरामले गरेका थिए ।

त्यतिबेला त्यहाँ प्रचण्डको कुरामा खासै गम्भीरता पैदा गराएन । बेपत्ता पारिएका दण्डपाणि न्यौपानेले त झन् मजाकमा माओवाद त मैले हुलाकबाट ल्याएको हो । त्यहाँ एउटा पत्र रिमको थियो । त्यसैमा माओवाद थियो भन्न पुगेका थिए त्यसले बैठकको माहौल नै पनिपर्तन गराएको थियो । हाँसोको फोहोरा छुट्यो ।

बादलले त्यहाँ ‘पार्टी यहीँबाट विचलनतिर गयो, किन चाहियो केन्द्रीकरण’ भने । यसपछि प्रचण्डले बादललाई हेर्ने दृष्टिकोणमा परिवर्तन गराएको त्यतिखेर माओवादी आन्दोलनबाट आएका व्यक्तिको बुझाई छ । बादलको त्यही मनाईलाई प्रचण्डको पहिलेदेखि टिल्लिएको पिलोमा घोचिदिएजस्तो भयो र उनले बादललाई सहयोगी कमरेडभन्दा पनि प्रतिद्वन्द्वीका रूपमा बुझ्न थालेका हुन् ।

अहिले तत्कालिन नेकपा एमाले र माओवादी बीच पार्टी एकता भएर नेपाल कम्युनिष्ट पार्टी(नेकपा) भएको छ । नयाँ पार्टी बनेपछि पनि प्रचण्ड–बादलको शंकालु हेराई फेरिएको छैन । उनीहरुबीच अहिले बोलचाल नै बन्द हुने अवस्थामा समेत आएको बताईन्छ । कुरा के हो भने हाल गृहमन्त्री रहेका बादललाई प्रचण्डले हटाउन चाहेको चर्चा परिचर्चा शुरु भएको छ । यसकारण बादल प्रचण्डसँग रिसाएका छन् ।

अहिले खासगरी नेकपाभित्र पूर्वमाओवादी समूह भन्दै प्रचण्डले आफ्नै कोटरीका नेताहरूलाई मात्र राजकीय मामिलादेखि महत्वपूर्ण अवसर दिने तर बादल समूहबाट आएका नेताहरूलाई अछूतकै व्यवहार देखाउने क्रम नरोकिएको चर्चा चल्ने गरेको छ । हुन पनि अहिले प्रचण्डले बादलबाहेक उनको समूहका कसैलाई पनि केन्द्रीय सरकारमा मन्त्री बनाएका छैनन् । यही कारण पनि पछिल्ला दिनमा बादल प्रचण्डसँग बढी रुष्ट हुँदै गएको स्रोतले जनाएको छ । आफ्ना समूहलाई रक्षा गर्न प्रधानमन्त्री केपी ओलीसँग पनि उत्तिकै सम्बन्ध राख्नुपर्ने भएपछि प्रचण्डको चरित्रबाट बादल आजित हुँदै गएको बताइन्छ ।

प्रचण्ड– बादलको व्यक्तिगत टकराबकै कारण अहिले कतिपय नेता तथा नेतृहरु उपल्लो निकायमा पुग्न सकेका छैनन् । प्रचण्ड–बादलको ब्यक्तिगत लडाई चपेटामा परेकी छन् अग्रज नेतृ एवम् स्थायी समिति सदस्य पम्फा भुषाल । उनलाई पछिल्लोपटक सभामुख पदमा उम्मेदवार भएपनि हुन सकनन् । उनी त्यो पदको लागि आकांक्षी मात्र नभई सशक्त दाबेदार समेत थिए ।

सभामुख चयन प्रकरणमा महिला आन्दोलनकै सिनियर नेतृ तथा स्थायी समिति सदस्य भुसाललाई सभामुख चयन गर्न अध्यक्ष ओली मात्रै होइन, वरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल, पूर्वमाओवादी समूहकै कतिपय नेताहरूसमेत धेरै सकारात्मक थिए ।

२०४६ सालयताकै तत्कालीन जनर्मोचा नेपालको संयोजक रहिसकेकी सिनियर महिला नेतृ भुषाललाई उपसभामुख शिवमाया तुम्बाहाम्फेको राजीनामाको विकल्पमा प्रस्ताव गर्न मिल्ने सबैभन्दा दाबेदार उम्मेदवारका रूपमा हेरिएको थियो । त्यसो त सभामुखमा भुषाललाई बनाईदिएको भए महिला आन्दोलनको मात्र नभई पछिल्लो जनमतको पनि सम्मान हुने थियो ।

त्यसै अनुसार उपसभामुख तुम्बाहाम्फेको विकल्पमा भुसालको पक्षमा पार्टी्भित्र र बाहिर दुवैतिर व्यापक माहोल बन्दै पनि गएको थियो । तर, प्रचण्डले पूर्वमाओवादी समूहभित्र पनि आफ्नै कोटरीका अग्नि सापकोटाको नामबाहेक अन्तिमसम्म कसैको नाम उच्चारण गर्न नचाहेपछि बादल समूहकी प्रभावशाली नेतृ भुसाल सभामुखजस्तो महत्वपूर्र्ण पदको अवसरबाट वञ्चित हुन पुगिन ।

प्रचण्डको यस्तै शैलीका कारण भुषालसँगै जनाद्र्धन शर्मा, टोपबहादुर रायमाझी र देवेन्द्र पौडेल पनि अवसरबाट बञ्चित हुन पुगेको बताईन्छ । प्रधानमन्त्री ओलीसँग छलफलमा अग्निको मात्र अडान राखेको र बाहिर प्रचारको लागि हरिबोल गजुरेलको नाम रणनीतिक रुपमा लिएको खुलासा भएको छ ।

सभामुख चयनताका बादलले त भुसाल या देव गुरुङमध्येबाट सभामुख बनाउने योजनासहित तयारीसमेत गरेका थिए । तर, प्रचण्डकै कारण अब भुसाल मन्त्रीसमेत बन्न नसक्ने अवस्था आएको बताउन थालिएको छ । किनभने, दुई मन्त्रालय रिक्त रहेकोमा सकभर ती दुवै राजपालाई सरकारमा भित्र्याएर दिनुपर्ने अवस्था छ । उता उपसभामुखबाट कार्यकालै पूरा नभई राजीनामा गर्न लगाइएकी तुम्बाहाङ्फेलाई व्यवस्थापन गर्ने कुरा झन पेचिलो बन्दै गएको छ ।

प्रचण्ड –बादलबीचको जुंगाको लडाईले बादल नकि रहेका धेरैलाई तनावमा पारेको छ । उनीहरुको ब्यक्तिगत लडाई अझै सकिएको छैन भन्ने कुरन पछिल्लो एसपी सरुवामा पनि राम्ररी देखियो । चितवनमा सरुवा भएकी एसपी गंगा पन्तलाई हाजिर हुन नदिन प्रचण्डले नै भूमिका खेलेको थाहा पाएपछि बादल उनीसँग रुष्ट भएको बताइन्छ ।

त्यसो त प्रचण्डले पनि बादल जहिले अवसरवादी चरित्रमा देखिने गरेको र बोल्दै नबोली लाभ हासिल गर्ने पथबाट मुक्त नभएको भन्दै जहिल्यै शंकाको दृष्टिले हेर्दै आएको चर्चा छ । उता प्रचण्डले धेरै पेल्न थालेपछि बादल अहिले पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री ओलीसँग नजिक भएका छन् । बादल अहिले अध्यक्ष ओलीको भरोसायोग्य विश्वासपात्रका रूपमा उदाउँदै गएको व्यापक चर्चा चल्न थालेको छ ।

फुर्सदमा यो रमाइलो भिडियो पनि हेर्नुहोस्।

हाम्रो सन्देशमा प्रकाशित कुनैपनि लेख वा सामग्रीबारे गुनासो तथा सुझाव भए [email protected] मा पठाउनु सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर र भाईबरमा पनि जोडिन सक्नुहुन्छ ।