आज माघ १८ गते शनिबारको राशिफल – तपाईको भाग्य कस्तो रहनेछ ? हेर्नुहोस्

हाम्रो सन्देश संवाददाता

मेष: चु, चे, चो, ला, लि, लु, ले, लो, अ,।
आज इच्छा र आकाङ्क्षा पूर्ण हुनेछन्। छोटो दुरीको लाभदायक यात्रा हुनेछ। मित्र वा आफन्तको सहयोग मिल्नेछ। तिर्थाटनको योगपनि छ।

मिथुन: का, कि, कु, घ, ङ, छ, के, को, हा,।
एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ। बन्धु बान्धवबाट विशेष सहयोग मिल्नेछ। साँझपख शुभ समाचार आउन सक्छ।

सिंह: मा, मि, मु, मे, मो, टा, टि, टु, टे,।
आज पुनर्मिलनको योगपनि रहेको छ। प्रेमसम्बन्ध र प्रणयप्रसङ्गका लागि श्रेष्ठ समय रहेकोछ। कूटनीतिक नियोगको सहयोगपनि मिल्ला।

तुला: रा, रि, रु, रे, रो, ता, ति, तु, ते,।
आत्मविश्वास र पराक्रममा वृद्धि हुनेछ। बौद्धिकताको विकास हुनेछ। राजनैतिक क्षेत्रमा सफलता मिल्नेछ। न्यायिक कार्यमा सफलता मिल्नेछ।

धनु: ये, यो, भा, भि, भु, धा, फा, ढा, भे,।
आफन्तको प्रगतिमा मन रमाउनेछ। विद्या र बुद्धिको विकास हुनेछ। श्रमको उचित मुल्याङ्कन हुनेछ। व्यावसायिक काममा राम्रै फड्को मार्न सकिनेछ।

कुम्भ: गु, गे, गो, सा, सि, सु, से, सो, दा,।
शुभकार्यको चर्चा चल्नेछ। श’त्रुमाथि विजय प्राप्त हुनेछ। कलकारखाना र ब’न्दव्यापारमा फाइदा हुनेछ। सांस्कृतिक क्षेत्रमा रुची बढ्नेछ।

वृष: इ, उ, ए, ओ, वा, वि, वु, वे, वो,।
गरेका कार्यमा ढि’लासुस्ती हुनेछ। समयको सही सदुपयोग नहोला । आफूलाई क’मजोर भएको अनुभूति हुनेछ। प्रेमप्रसङ्गमा समेत न’रमाइलोपन आउनेछ।

कर्कट: हि, हु, हे, हो, डा, डि, डु, डे, डो,।
कला र गलाको प्रभाव बढ्नेछ। सामाजिक मर्यादामा अभिवृद्धि हुनेछ। भाग्यले विभिन्न अवसर जुराउनेछ। वि’परीत वर्गप्रति आकर्षण बढ्नेछ।

कन्या: टो, पा, पि, पु, ष, ण, ठ, पे, पो,।
आज द’बाब र त’नाव बढेको महसुस हुनेछ। प्रेमी प्रेमिकाका बिच खि’न्नता बढ्नेछ। मनमा नि’रासा र शरीरमा आ’लस्यपनि आउला।

वृश्चिक: तो, ना, नि, नु, ने, नो, या, यि, यु,।
आज नयाँ नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ। लगनशीलताले कामहरु अगाडी बढ्नेछन। मान प्रतिष्ठामा बृद्धि होला। धर्म कर्ममा मन लाग्नेछ।

मकर: भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि,।
जि’द्दीपनाले गर्दा काम बि’ग्रने ड’र छ। प्रेमी र प्रेमिकाका बिच खिन्नता बढ्नेछ। मु’द्दा मा’मिला आइलाग्नेछ। सौन्दर्यतामा धन ख’र्च हुनेछ।

मीन: दि, दु, थ, झ, ञ, दे, दो, चा, चि,।
आफ्नो क्षेत्रमा प्रभूत्त्व जमाउन सकिनेछ। नयाँ वस्त्र, अलंकारको प्राप्ति हुनेछ। महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ। शुभकार्यको चर्चा चल्नेछ।

ज्यो.प. नारायणप्रसाद दुलाल, हाम्रो पात्रो।

फुर्सदमा यो रमाइलो भिडियो पनि हेर्नुहोस्।

हाम्रो सन्देशमा प्रकाशित कुनैपनि लेख वा सामग्रीबारे गुनासो तथा सुझाव भए [email protected] मा पठाउनु सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर र भाईबरमा पनि जोडिन सक्नुहुन्छ ।