महिलाहरुले हस्तमैथुन गर्दा हुन्छन् यस्ता फाइदा

हाम्रो सन्देश संवाददाता

हस्तमैथुनप्रति विभिन्न भ्रमहरु उत्पन्न हुँदै आएका छन् । जस्तो हस्तमैथुन गर्नु पाप हो । हस्तमैथुन गर्ने व्यक्ति अन्धो हुन सक्छ, नपुंसक हुनसक्छ । उनीहरुमा डण्डिफोर आउने समस्या धेरै हुन्छ ।

हस्तमैथुन गर्ने व्यक्ति मानसिक रोगी भएर आफ्नो यौनाङ्गहरुमा नोक्सान समेत पुर्‍याउनसक्छ भन्ने केही व्यक्तिहरुमा भ्रम भएको पाइन्छ । तर, यौन सम्बन्धी जानकारहरुका अनुसार, हस्तमैथुन गर्नु हाम्रो लागि धेरै स्वास्थकर हुन्छ । पुरुषहरुले मात्र होइन, महिलाहरुले हस्तमैथुन गर्दा हुन्छन् यस्ता फाइदा

हरेक पटक हस्तमैथुन गरेपछि तपाईंलाई चरम सुख प्राप्त हुन्छ भन्ने आवश्यक हुँदैन । तर, तपाईंलाई तनावमुक्त गर्ने गतिविधिहरुको खुशी बढी आवश्यकताको कुरा हो ।

प्रायः डिप्रेसनका कारण तनाव र निराशा हुन्छ । तर, जब तपाईं स्वयमलाई राम्रो महसुस गराउन चाहनु हुन्छ भने त्यसले तपाईंलाई डिप्रेसनबाट बचाउँछ । शहरका प्रायः मानिसहरु एक्लोपनका कारण डिप्रेसनको शिकार हुन्छन् ।

त्यस्तो स्थितिमा आफू स्वयंसँग बिताएको त्यो क्वालिटी समयले तपाईंलाई डिप्रेसनबाट बचाउँछ । इम्युनिटी बढाउँछ हस्तमैथुनले तपाईंको इम्युन सिस्टमलाई पनि बलियो बनाउँछ भन्ने दाबी अधिकांश स्वास्थ्य सम्बन्धी जानकारहरुको रहेको छ ।

वास्तवमा अर्गेज्मपछि शरीरमा सेता रक्तकोषहरुको मात्रा बढ्छ । जसले हामीलाई रोगहरुबाट लड्न सहयोग गर्छ भन्ने कुरा एउटा रिसर्चबाट पत्ता लागेको छ । हस्तमैथुन एउटा सानो एक्सरसाइज जस्तै हो । त्यसैले यसो गर्नाले पेल्विक फ्लोर बलियो हुन्छ ।

जसले महिलाहरुलाई महिनावारीको क्रममा हुने पीडाबाट राहत प्राप्त हुन्छ । शान्तिसँग निद्रा लाग्छ यसले जति तपाईंलाई खुशीको अनुभव गराउँछ, त्यति नै थकित पनि बनाउँछ । यसले तपाईंलाई तुरुन्त गहिरो निद्रा लाग्छ । गहिरो निद्राले हाम्रो शरीरलाई राम्रोसँग रिकभर हुन सहयोग पुर्‍याउँछ । हस्तमैथुन सम्पूर्ण शारीरिक र मानसिक स्वास्थका लागि लाभदायक हुन्छ । एजेन्सी

हाम्रो सन्देशमा प्रकाशित कुनैपनि लेख वा सामग्रीबारे गुनासो तथा सुझाव भए [email protected] मा पठाउनु सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर र भाईबरमा पनि जोडिन सक्नुहुन्छ ।