५४ रूपैयामा किनेको पेट्रोल १०९ रूपैयामा बेच्ने सरकार नै कालोबजारी

हाम्रो सन्देश संवाददाता

काठमाडौं, १६ माघ ।

पूर्व परष्ट्रमन्त्री रमेश नाथ पाण्डेले आज एउटा कुराको खुलासा गरेका छन् । उनले नेपाल सरकारले ५४ रूपैयामा किनेको पेट्रोल १०९ रूपैयामा बेचेर १५ दिनमा ६० करोड नाफा गर्ने सरकारलाइ कालोबजार नियन्त्रणको नैतिक अधिकार नभएको दावी गरेका छन् । यस्तै यस्तो लुट सहने जनतालाइ सुशासन माग्ने हक पनि हुदैन उनले भनेका छन् ।

उनको स्टाटस यस्तो छ :

५४ रूपैयामा किनेकेा पेट्राेल १०९ रूपैयामा बेचेर १५ दिनमा ६० कराेड नाफा गर्ने सरकारलाइ कालाेबजार नियन्त्रणकाे नैतिक अधिकार छैन । यस्ताे लुट सहने जनतालाइ सुशासन माग्ने हक पनि हुदैन

हाम्रो सन्देशमा प्रकाशित कुनैपनि लेख वा सामग्रीबारे गुनासो तथा सुझाव भए [email protected] मा पठाउनु सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर र भाईबरमा पनि जोडिन सक्नुहुन्छ ।