सुनको भाउ ह्वात्तै बढ्यो : कती छ बिहिबारको मुल्य ?

हाम्रो सन्देश संवाददाता

काठमाडौं, १६ माघ ।

बजारमा आज बिहीबार सुनको भाउ ह्वात्तै बढेको । आज सुन तोलामा हिजो कारोबार भएको मुल्य भ न्दा ७ सय रुपैयाँ बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको हो ।

आज छापावाल सुन प्रतितोला ७६ हजार ३ सय तथा तेजावी सुन ७६ हजार रुपैयाँमा कारोबार भईरहेको महासंघले जनाएको छ।

बुधबार छापावाल सुन ७५ हजार ६ सय तथा तेजावी सुन ७५ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो ।

आज सुनको भाउसँगै चाँदीका भाउ पनि बढेको छ । आज चाँदी प्रतितोला ८ सय ८० रुपैयाँमा कारोबार भइरहेको छ।

बुधबार चाँदी प्रतितोला ८ सय ७० सय रुपैयाँमा कारोबार भएको थियो।

हाम्रो सन्देशमा प्रकाशित कुनैपनि लेख वा सामग्रीबारे गुनासो तथा सुझाव भए [email protected] मा पठाउनु सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर र भाईबरमा पनि जोडिन सक्नुहुन्छ ।