मानव बेचबिखन गर्ने वडाध्यक्ष पक्राउ

हाम्रो सन्देश संवाददाता

काठमाडौं, १६ माघ ।

काठमाडौंस्थित काठमाडौंको दक्षिणकाली नगरपालिका–४ का वडाध्यक्ष पुष्कर खड्कालाई प्रहरीले मानव बेचबिखन आरोपमा पक्राउ गरेको छ । उनिसँगै अरु २ जना पनि पक्राउ परेका छन ।

महानगरीय प्रहरी परिसर, ललितपुर र महानगरीय प्रहरी प्रभाग सानेपाको टोलीले खड्कासँगै बिज्रगोपाल श्रेष्ठ र नवल ठाकुरलाई पक्राउ गरि अनुसन्धान गरिरहेको खुलेको छ ।

एक महिलाले देहव्यापार गरेको उजुरी दिएपछि प्रहरीले सानेपाको एक होटलमा छापा मारेर गत शुक्रबार उनिहरुलाई नियन्त्रणमा लिएको ललितपुरका प्रहरी उपरिक्षक टेकप्रसाद राईले जानकारी दिए ।

पक्राउ परेका ठाकुर भारत मोतिहारीका हुन् भने श्रेष्ठ काठमाडौं महानगरपालिका १६ का बासिन्दा हुन् ।

हाम्रो सन्देशमा प्रकाशित कुनैपनि लेख वा सामग्रीबारे गुनासो तथा सुझाव भए [email protected] मा पठाउनु सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर र भाईबरमा पनि जोडिन सक्नुहुन्छ ।