अध्यक्ष थापाको ६ पृष्ठ लामो प्रतिवेदन अनुमोदन

हाम्रो सन्देश संवाददाता

काठमाडौं, १५ माघ ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय कार्य सम्पादन समितिको बैठकले राजनीतिक प्रतिवेदन अनुमोदन गरेको छ । अध्यक्ष कमल थापाको समसामयिक राजनीतिक परिस्थिति र भावी कार्यदिशा सम्बन्धी ६ पृष्ठ लामो प्रतिवेदन पारित गरेको हो।

बुधबार पार्टी कार्यालय धुम्बाराहीमा बसेको बैठकले शुक्रबारदेखि काठमाडौँमा बस्ने केन्द्रीय कार्य समितिको पूर्ण बैठकमा पेश गरिने राप्रपा पार्टी कार्यालयले जनाएको छ ।

बैठकमा महामन्त्री भास्कर भद्राद्धारा सचिवालय र आगामी कार्यक्रम सम्बन्धी प्रतिवेदन र सहायक कोषाध्यक्ष निना भेटवालद्धारा आर्थिक प्रतिवेदन पेश भएको छ । उक्त प्रतिवेदनहरु पनि केन्द्रीय समितिको बैठकमा पेश हुनेछ ।

हाम्रो सन्देशमा प्रकाशित कुनैपनि लेख वा सामग्रीबारे गुनासो तथा सुझाव भए [email protected] मा पठाउनु सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर र भाईबरमा पनि जोडिन सक्नुहुन्छ ।