ठूलो धक्का आउँदै छ रे नेपालमा : देउवा

हाम्रो सन्देश संवाददाता

काठमाडौं, १४ माघ ।

काँग्रेस सभापति तथा विपक्षी दलका नेता शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्माको भनाइको जवाफ मागेका छन् ।

मंगलबार प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै देउवाले ठूलो धक्का आउँदैछ रे नेपालमा, कहाँबाट आउँदैछ यो हामीले पनि थाहा पाउनुप¥यो भन्दै प्रधानमन्त्री ओलीसँग जवाफ मागेका थिए ।

‘प्रधानमन्त्रीजीले धक्काको कुरा गर्नुभएको छ, धक्का भनेको के धक्का हो यो रु कहाँबाट आउने धक्का हो, यो यहीँ सोध्न मिलिहाल्यो’बैठकमा देउवाले भनेका थिए ।

उनले अगाडि भने, ‘नेपालमा कसले धक्का दिन सक्छ, हामी पनि हेरौँ, त्यसकारण धक्का कसले दिएको छ प्रधानमन्त्री बोल्नु भएको छैन ।’

प्रधानमन्त्री ओलीले देउवा बोल्नुअघि प्रतिनिधि सभाको बैठकमा भ्रमण वर्षको सुरुमा हामीलाई प्राकृतिक धक्काहरु आउन थालेको बताएका थिए ।

यसअघि संसदलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले सन् २०२० लाई भ्रमण वर्षको रुपमा मनाउन लागिएको तर सुरुवातमै केही धक्का देखिएको बताएका थिए ।

हाम्रो सन्देशमा प्रकाशित कुनैपनि लेख वा सामग्रीबारे गुनासो तथा सुझाव भए [email protected] मा पठाउनु सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर र भाईबरमा पनि जोडिन सक्नुहुन्छ ।