प्रियंका चोपडाको नयाँ गेटअप सहितको तस्बिर भाइरल, हेर्नुहोस् (फोटो फिचर)

हाम्रो सन्देश संवाददाता

पछिल्लो समय प्रियंका चोपडा हलिउडमा व्यस्त छिन् । आइतवार उनी ग्रामी अवार्ड २०२० मा पति निक जोनससँग पुगिन् । प्रियंका समारोहमा निकै सुन्दर देखिन्थिन् । उनले फ्रिन्ज स्लीब्सको मोनो गाउन पहिरिएकी थिइन् । यो पहिरनमा उनी निकै राम्री देखिइन्, उनका फ्यानहरूले उनको निकै प्रशंसा गरे ।

प्रियंकाको साथमा निक पनि थिए । ब्राउन गोल्ड कलरको पहिरनसहित पत्नीसँग समारोहमा पुगेका निक निकै नै सुन्दर देखिन्थे । उनीहरूले रातो कार्पेटमा तस्वीर खिचाए । जुन तस्वीर अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । उनीहरूले समारोहमा पारिवारीक फोटोसमेत खिचाए ।

हाम्रो सन्देशमा प्रकाशित कुनैपनि लेख वा सामग्रीबारे गुनासो तथा सुझाव भए [email protected] मा पठाउनु सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर र भाईबरमा पनि जोडिन सक्नुहुन्छ ।