नेपाली दुइ जनालाई कोरोना भाइरसको संक्रमण

हाम्रो सन्देश संवाददाता

काठमाडौं, १३ माघ ।

चीनबाट नेपाल फर्किएका एक नेपालीमा कोरोना भाईरस संक्रमणको पुष्टि भएको छ । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका अनुसार ४८ वर्षीय महिलामा कोरोना भाइरस पुष्टि भएको हो ।

नमूना परीक्षणका लागि नुमना हङकङ पठाइएको थियो । योसंगै नेपालमा कोरोना भाइरसको संक्रमण पुष्टि हुनेको संख्या दुई पुगेको छ । यसैबिच आज सोमबारदेखि सरकारले नेपालमै कोरोना भाइरसको परीक्षण समेत सुरु गरेको छ ।

यसअघि चिनबाट नेपाल आएका एक जनालाई कोरोना भाइरस संक्रमण भएको थियो । सरकारले केहीदिन अघि पत्रकार सम्मेलन गरी चीनबाट नेपाल आएका एक जनालाई कोरोना भाइरस संक्रमण भएको बताएको थियो ।

हाम्रो सन्देशमा प्रकाशित कुनैपनि लेख वा सामग्रीबारे गुनासो तथा सुझाव भए [email protected] मा पठाउनु सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर र भाईबरमा पनि जोडिन सक्नुहुन्छ ।