अस्ट्रेलिया काण्डकी भाइरल युवतीका आफन्त खोज्दै नेपाल प्रहरी

हाम्रो सन्देश संवाददाता

काठमाडौं, ११ माघ ।

अस्ट्रेलियामा बस्ने एक नेपाली युवतीको भएको भनी दावी गरिएको अ’श्ली’ल भिडियो सामाजिक संजालमा भा’इरल भएसँगै नेपाल प्रहरीले ती युवतीका आफन्तको खोजी थालेको छ । प्रहरीको साइ’बर ब्यू’रोले ती युवती नेपाली भएको दावी स’त्य भएको हुन सक्ने सम्भा’वनाका आ’धारमा नेपालमा उनका आफन्तबारे खोजी सुरु गरेको हो ।

साइ’बर ब्यू’रो स्रोतका अनुसार युवतीका तर्फबाट कुनै किसिमको उ’जुरी आएको छैन । उनका आफन्तहरु पनि सम्पर्कमा आएका छैनन् । तर, युवतीको यो भिडियो उनको इच्छावि’परित सार्वज’निक गरिएको हुन सक्ने र यस विषयमा युवती वा उनका आफन्तले का’नुनी उ’पचार खोज्न सक्ने सम्भा’वनाका आधारमा उनीहरुलाई सहयोग गर्न प्रहरीले आफन्तको खोजी सुरु गरेको हो ।

‘यो भिडियो युवतीको नितान्त व्यक्तिगत भएको वा उनको इच्छा भएरै सार्वजनिक भएको अवस्थामा त हामीले केही गर्ने कुरा भएन’ साइबर ब्यूरो स्रोत भन्छ ‘तर, युवतीको इच्छा विपरित केही भएको भएमा उनलाई कानुनी सहयोग चाहिने भएकोले त्यही सहयोग गर्न हामीले आफन्तको खोजी थालेका हौं । स्रोतका अनुसार यो भिडियो जुन युवतीको भएको दावी गरिएको छ ती युवती ब्यू’रोको सम्प’र्कमा आइसकेकी छिन् ।

पीडित युवतीका अनुसार यो भिडियो उनको होइन तर यसमा उनको सानो क्लि’प यसमा जोडिएको छ । जोडिएको सानो क्लिप उनले अर्कै व्यक्तिसँग भिडियो कल गर्दाको हो । त्यही भिडियो कलको सानो क्लि’प यो अ’श्ली’ल भिडि’योमा जोडेर उनको चरित्रह’त्या गर्न खोजेको उनले बताएकी छिन् । प्रहरीले अहिले उनीसँग यस विषयमा कुराकानी गरिरहेको छ र उजुरी आएसँगै थप प्रक्रिया अगाडि बढाउने तयारी गरिएको ब्यू’रो स्रोतले जान’कारी दिएका छन् ।

हाम्रो सन्देशमा प्रकाशित कुनैपनि लेख वा सामग्रीबारे गुनासो तथा सुझाव भए [email protected] मा पठाउनु सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर र भाईबरमा पनि जोडिन सक्नुहुन्छ ।