पूर्वी टर्कीमा गयाे शक्तिशाली भूकम्प, १८ जनाको मृत्यु, ३० जना वेपत्ता

हाम्रो सन्देश संवाददाता

इस्तानाबुल,११ माघ ।

पूर्वी टर्कीमा शनिबार बिहान गएको ६.८ म्याग्नेच्युड भूकम्पमा परी १८ जनाको मृत्यु भएको छ ।

भूकम्पले धरै घरहरुमा थतिपु¥याएको अन्र्तराष्ट्रिय सञ्चार माध्ययमहरुले उल्लखे गरेका छन् । कयौ घर भत्किएको र भगनाशेषमा केहि मानिष पुरिएको त्यहाँको प्रहरीले अनुमान गरेको छ ।

भत्किएको भवनबाट १८ जनाको शव निकालिएको हो। अझै ३० जना मानिस हराइरहेका छन्। भूकम्पको केन्द्रविन्दु एलाजिग प्रान्तको सिभ्रिकमा रहेको समाचारमा उल्लेख छ । सरकारले तत्काल उद्दारमा सक्रियता जनाइसकेको छ। एजेन्सी

हाम्रो सन्देशमा प्रकाशित कुनैपनि लेख वा सामग्रीबारे गुनासो तथा सुझाव भए [email protected] मा पठाउनु सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर र भाईबरमा पनि जोडिन सक्नुहुन्छ ।