टिपरको ठक्करबाट भुवन केसीको मृत्यु, अवस्था गम्भिर

हाम्रो सन्देश संवाददाता

नवलपरासी,११ माघ ।

गैंडाकोटमा टिपरको ठक्करबाट एक जनाको ज्यान गएके छ । प्रहरीका अनुसार टिपरको ठक्करबाट रूपन्देहीको बुटवल शीतलनगर बस्ने ३५ वर्षीय भुवन केसीको निधन भएको हो।

बा ६७ प ७८८२ नम्बरको मोटरसाइकलमा सवार केसीलाई गैंडाकोट–८, मौलाकालिका होटेल अगाडि ना १ क ८३३० नम्बरको टिपरले ठक्कर दिएको थियो । ठक्करबाट गम्भीर घाइते केसीलाई उपचारका लागि जिल्ला अस्पताल चितवन लगिएकोमा त्यहीँ उनको निधन भएको प्रहरीले जनाएको छ ।

सोही दुर्घटनामा मोटरसाइकलको पछाडि सवार गैंडाकोट–५ का २६ वर्षीय शशि कपुर केसीकाे अवस्था गम्भिर रहेकाे छ । उनको नयाँ मेडिकल कलेज चितवनमा उपचार भइरहेको बताइएको छ । ठक्कर दिने टिपर र त्यसका चालकलाई नियन्त्रणमा राखेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

हाम्रो सन्देशमा प्रकाशित कुनैपनि लेख वा सामग्रीबारे गुनासो तथा सुझाव भए [email protected] मा पठाउनु सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर र भाईबरमा पनि जोडिन सक्नुहुन्छ ।