यस्तो बन्यो गज्जब क्रुको पहिलो म्युजिक भिडियो ‘मेरी पुतली’

हाम्रो सन्देश संवाददाता

गणेश कंडेल/काठमाडौं ।

चर्चित गायिका मेलिना राई र हिमाल सागरको स्वर रहेको गीत ‘मेरी पुतली’ नामक नयाँ गीत सार्वजनिक भएको छ। गज्जब टिभिको युट्युब च्यानलमार्फत उक्त गीत आज सार्वजनिक गरिएको छ । घनश्याम ओलीको शब्द रचना रहेको उक्त गीतमा दिपक शर्माले संगीत भरेका छन् । त्यस्तै, गीतको एरेन्ज नरेन्द्र वियोगीले गरेका हुन् ।

गीतको मुख्य भूमिकामा सहिन प्रजापति, कुशल विष्ट, जिवेश सिंह गुरुङ, सुनिसा बजगाई , सरोज ओलीको अभिनय देख्न सकिन्छ ।

गीतको छायांकन नवराज उप्रेतीले गरेका हुन भने ‘गज्जब क्रु’को पहिलो प्रस्तुतिको रुपमा निर्माण भएको म्युजिक भिडियोको निर्देशन सहिन प्रजापतिले गरेका हुन्। गीतमा मिक्सिङ भने श्याम स्वेती रसाइलीले भरेका छन् ।

भिडियो

हाम्रो सन्देशमा प्रकाशित कुनैपनि लेख वा सामग्रीबारे गुनासो तथा सुझाव भए [email protected] मा पठाउनु सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर र भाईबरमा पनि जोडिन सक्नुहुन्छ ।