यौनधन्दा चलाउने हिरोइन पक्राउ

हाम्रो सन्देश संवाददाता

मुम्बइ,९ माघ ।

होटल नै बुक गरेर यौन धन्दा चलाउने दुई जना हिरोइनलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

हाइप्रोफाइल यौनधन्दा चलाइरहेका दुई हिरोइनहित तीन जनालाई मायानगरीबाट मुम्बइ प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्ने मध्ये २ जना तुर्कमेनिस्तानका नागरिक हुन् । उनीहरु मुम्बइमा बसेर बलिउड फिल्ममा समेत काम गर्दै आएका थिए । उनीहरुको विवरण भने गोप्य राखिएको छ ।

मुम्बइको इम्पिरियल होटलमा अवैध यौनधन्दा चलिरहेको जानकारीपछि प्रहरीले छ । यी विदेशी महिलाहरु फिल्ममा काम गर्नुका साथै पुणेको एक कलेजमा एमबीए पढ्दै गरेका थिए ।

प्रहरीका अनुसार ग्राहकलाई खुसी बनाएमा उनीहरुलाई एक रातको १ लाख रुपैयाँ (१ लाख ६० हजार नेपाली रुपैयाँ) सम्म दिइने गरेको थियो।

हाम्रो सन्देशमा प्रकाशित कुनैपनि लेख वा सामग्रीबारे गुनासो तथा सुझाव भए [email protected] मा पठाउनु सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर र भाईबरमा पनि जोडिन सक्नुहुन्छ ।