फेरि बढ्यो सुनको मूल्य

हाम्रो सन्देश संवाददाता

काठमाडौं,९ माघ ।

साताको पाँचौँ दिन आज बिहीबार सुन प्रतितोला २ सय रुपैयाँले बढेको छ ।

बुधबार ७४ हजार ८ सय रुपैयाँ प्रतितोलामा कारोबार भइरहेको सुनको मूल्य आज २ सय रुपैयाँले बढेर प्रतितोला ७५ हजार रुपैयाँ कायम भएको छ ।

त्यस्तै, चाँदीको मूल्य ८ सय ८५ रुपियाँ प्रतितोला कायम भएको नेपाल सुनचाँदी व्यवसायि महासंघले जनाएको छ ।

हाम्रो सन्देशमा प्रकाशित कुनैपनि लेख वा सामग्रीबारे गुनासो तथा सुझाव भए [email protected] मा पठाउनु सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर र भाईबरमा पनि जोडिन सक्नुहुन्छ ।