अग्नि सापकोटाको विषयमा माइतीघरमा दुःख नगर्न प्रचण्डको आग्रह

हाम्रो सन्देश संवाददाता

काठमाडौं, ८ माघ ।

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अग्निप्रसाद सापकोटाका विषयमा माइतीघरमा दुःख नगर्न आग्रह गर्नुभएको छ ।सभामुखका लागि सिफारिस हुनुभएका सापकोटाका विषयमा माइतीघरम मानवअधिकारवादीहरुले प्रदर्शन गरिरहेका बेला प्रचण्डको यस्तो अभिव्यक्ति आएको हो । बुधबार आफ्नै निवासमा पार्टी प्रवेश कार्यक्रममा प्रचण्डले सिंगो राष्ट्र नै सभामुखका विषयमा एक ठाउँमा उभिएका बेला माइतिघरमा दुःख नगर्न आग्रह गर्नुभएको हो । ‘हिजोसम्म आइपुग्दा सभामुखको विषयमा सिंगो राष्ट्र एक ठाउँमा उभिसक्यो ।

अब साथीहरुले किन दुःख गरेका हुन् जाडोमा’, दाहालले भन्नुभयो । नेकपाले सर्वसम्मत रुपमा सापकोटाको नाम सिफरिस गरेको र प्रतिपक्षी दलहरुले समेत समर्थन गरेको अवस्थामा माइतिघरमा दुःख नगर्न प्रचण्डले सुझाव दिनुभयो । दाहालले सापकोटाका विरुद्धमा कुनै मुद्धा नै नभएको समेत बताउनुभएको छ । ‘उहाँमाथि केही पनि छैन । बेकारको कुरा हो त्यो । हाम्रो पार्टी त सर्वसम्मत निर्णय गरेर सभामुखमा अग्नि सापकोटालाई अघि सा¥यौ । हिजो प्रतिपक्षी र अरु पार्टीले समेत उहाँलाई समर्थन गरिसकेपछि सिंगो राष्ट्र नै एक ठाउँमा भएको बेला माइतिघर मण्डलामा साथीहरुले दुःख नगरे हुन्थ्यो’, प्रचण्डले भन्नुभयो ।यसअघि बुधबार दिउँसो मावनअधिकारवादीहरुले अदालतमा मुद्धा चलिरहेको व्यक्तिलाई सभामुख बनाउन लागिभएको भन्दै विरोध प्रदर्शन गरेका थिए । ‘हत्या घटनामा अनुसन्धानको क्रममा रहेका व्यक्तिाई सभामुख नबनाउ, पीडितलाई थप अपहेलित र अपमानित नगर, मानव अधिकार र कानूनी शासनको सम्मान गर’ भन्ने नारा सहित अधिकारवादीहरुले प्रदर्शन गरेका थिए ।

हाम्रो सन्देशमा प्रकाशित कुनैपनि लेख वा सामग्रीबारे गुनासो तथा सुझाव भए [email protected] मा पठाउनु सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर र भाईबरमा पनि जोडिन सक्नुहुन्छ ।