मन्डली दर्शन गरी फर्केिएका दर्शनार्थी चढेको ट्रक धादिङ मैदीभञ्जाङमा दुर्घटना: ६ जनाको मृत्यु

हाम्रो सन्देश संवाददाता

धादिङ, ८ माघ ।

धादिङको ज्वालामुखी गाउँपालिका-४ मन्डली दर्शन गरेर फर्केिएका दर्शनार्थी चढेको मिनी ट्रक दुर्घटना हुँदा कम्तीमा ६ जनाको मृत्यु भएको छ । दुर्घटना परी २५ जनाभन्दा बढी घाइते प्रहरीले बताएको छ ।

निलकण्ठ नगरपालिका-८ मैदीभञ्जाङमा ग १ ख १२८० नम्बरको ट्रक पल्टिएको हो । ट्रकमा मंगलबार मण्डली दर्शन गरेर फर्किएका निलकण्ठ-२ भुलभुलेका स्थानीयबासी रहेकोजिल्ला प्रहरी कार्यालय धादिङले बताएको छ । घटनास्थलमा नेपाल प्रहरी र स्थानीय उद्धार गरिरहेका छन् ।

हाम्रो सन्देशमा प्रकाशित कुनैपनि लेख वा सामग्रीबारे गुनासो तथा सुझाव भए [email protected] मा पठाउनु सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर र भाईबरमा पनि जोडिन सक्नुहुन्छ ।