घरमा सुतिरहेको मेरो श्रीमानलाइ लगेर निर्मम हत्या गर्नेलाइ सभामुख बनाए

हाम्रो सन्देश संवाददाता

काठमाडौं, ७ माघ ।

सत्तारुढ नेकपाले सभामुख पदमा सो पार्टीका नेता अग्नि सापकोटालाई उम्मेदवार बनाउने निर्णय गरेको भए पनि काभ्रेका अर्जुन लामाकी पत्नी पूर्णिमाया लामाले दुःख व्यक्त गरेकी छन् । उनले सर्वोच्च अदालतमा आफ्ना पति मारिएको बारेमा मुद्दा रहे पनि वर्षौंदेखि पेशी सारेको सार्यै गरेर आफूलाई न्याय नदिइएको बताइन् ।

‘‘नेपालमा शक्ति भएपछि जे पनि हुँदो रहेछ, त्यसैले मैले न्या’य पाउन सकिनँ,’’ उनले भनिन। पेशी सरेको सर्यै गरेकाले धाउन नसकेर आफू केही समय जापानमा गएर बसेको र भर्खरै मात्रै फर्केको जनाउँदै भनिन्,‘‘मु’द्दाको काम मानव अधिकरवादी संस्था एड्भोकेसी फोरमका वकिलहरुले हेरिरहनु भएको छ । केही नलागेर म अहिले त्यस मु’द्दामा जानै नसक्ने अवस्थामा छु ।’’

अर्की द्व’न्द्व पी’डित सावित्री श्रेष्ठले पनि सत्तारुढ नेकपाको निर्णयबाट आ’क्रोश पोखिन् । उनले भनिन्,‘‘अर्जुन लामालाई खा’ल्डो खनेर पु’रेको अस्ति जस्तो लाग्छ। तर, त्यसको अ’भियोग लागेका मानिसलाई मु’द्दा नटुंगिँदै सभामुख भन्नुपर्ने अवस्था आउनु दुःख द कुरा हो ।’’ उनले बाह्रखरीसँगको कुराकानीमा भनेकी छिन- ‘‘साह्रै दुःख लागेको छ । यस्तो होला भन्ने लागेको थिएन । न्याय पाइन्छ भन्ने लागेको थियो तर पाइएन ।’’

हाम्रो सन्देशमा प्रकाशित कुनैपनि लेख वा सामग्रीबारे गुनासो तथा सुझाव भए [email protected] मा पठाउनु सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर र भाईबरमा पनि जोडिन सक्नुहुन्छ ।