राजाले बिकास गर्थे/गर्दैनथिए समयले बताउथ्यो तर नेताहरुले जसरी देश चाँही बेच्दैनन थिए-जनआवाज

हाम्रो सन्देश संवाददाता

काठमाडौं, ७ माघ ।

पछील्लो समय भारतसँगको सीमा विवादको असर अहिले नेपालको राजनीतिमा स्पस्ट देखिन थालेको छ । राजनीतिक ईतिहासलाई हेर्ने हो भने भारतकै कारण नेपालमा विभिन्न राजनीतिक फेरबदल र सत्ता समीकरणमा उतारचढाव आएको हामीले देखेका नै हौं । अहिले भारतले नेपालको कालापानी, लिपुलेक र लिम्पियाधुरालाई आफ्नो नक्सामा समावेश गरेर नयाँ नक्सा सार्वजनिक गरेसँगै नेपाली दलहरूका नेताहरू एकताबद्ध भएर भारतको विरोध गर्नुपर्नेमा कसैले त्यो आट देखाउन सकेका छैनन। यो समय मुलुकका शीर्षस्थ नेताहरू एकताबद्ध हुने हो, कि आरोप प्रत्यारोपमा उत्रिने ? पछिल्लो समय भारतीय षड्यन्त्रको असर नेपाली नेताहरूमा दिन प्रतिदिन बढदै गएको देखिन थालेको छ । विगतमा जस्तै ‘फुटाउ र राज गर’ को रणनीति भारतले अपनाउन थालेको प्रस्ट बुझ्न सकिन्छ । मधेशी नेताहरू झनै बओल्न नसक्ने अवस्थामा मौन बसेका छन् । मधेशी नेताहरूको विवेकले काम गर्ने हो भने उनीहरूमाथि लाग्दै आएको भारतपरस्तको आरोप गलत हो भन्ने साबित गर्ने अवसर अहिले प्राप्त भएको छ तर उस्तै पर्‍यो भने भारतीय कै पक्षमा समेटा बोल्न सक्छन भन्ने कुरा बिगतले स्पस्ट पार्छ । देशको सीमा अतिक्रमण भइरहेको अवस्थामा देशभक्तिको आडमा सत्तारोहण गरेको वर्तमान राजनीतिक नेतृत्वलाई उछिनेर देशभक्त शक्ति हामी हौं भनेर साबित गर्ने अवसर छोप्न मधेशी नेताहरूले सकिरहेका छैनन् । अर्कोतिर देश विखण्डनकारीको आरोप लागेका डा. सीके राउतले राष्ट्रघाती सन्धि सम्झौतामा दस्तखत गरेका दौरा सुरुवाल पोशाकधारीहरूलाई चुनौती दिन सफल भएका छन् उनले राजधानी काठमाडौंकै केन्द«बिन्दूमा उभिएर कालापानी नेपालकै हो भनेर बोल्न डा।राउतले भने हिम्मत देखाएका छन् । राउतको यो भावनाले उनीप्रति लाग्दै आएको आरोपको पनि जोडदार खण्डन त भयो नै साथै ठुला राष्ट्रवादी दलका नेताहरुलाई लाजमर्दो समेत बनाए।

हालै मात्र नेपाली कांग्रेसका नेता शेरबहादुर देउवाले अहिले भारतले नेपाली भूभाग पनि समावेश गरेर नयाँ नक्सा सार्वजनिक गर्नुमा नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीको पनि सहमति रहेको दाबी गरेका छन् । पटकपटक प्रधानमन्त्री भइसकेका देउवाको यस्तो भनाइ आउनुले दुईटा तथ्य हुनसक्ने अनुमान गर्न सकिन्छ । पहिलो, देउवाले कुनै संकेत पाएर नै यस्तो भनेका हुन सक्छन् । या अहिले उपनिर्वाचन नजिकिन थालेकाले वर्तमान सरकारलाई बद्नाम गरेर त्यसको फाइदा उठाउन उनको त्यस्तो भनाइ बाहिर आएको हुन सक्छ । जुन कारणले भए पनि त्यो नेपाली जनताका लागि दुर्भाग्य नै हो । तथापि प्रधानमन्त्री केपी ओलीले देउवाको यस्तो आरोपलाई संकेत गर्दै बरु पद त्याग्न तयार हुनेछु, देशको सिमा त्याग्ने छैन भनेर जवाफ फर्काउनुभएको छ । प्रधानमन्त्रीले जवाफ सवाल गर्ने भन्दा कुटनीतिक पहल गरेर भारतसंग सिमा खाली गर्न पत्राचार गर्नु सबैभन्दा उत्तम विकल्प हुनेछ ।

राजनीतिक दलहरूका शीर्षस्थ नेताहरू हेर्दा उनीहरू कुनै न कुनै समयमा नेपालको नेतृत्व गर्ने र महत्वपूर्ण पदमा पुग्ने अवसर पाएका व्यक्तिहरू हुन् । उनीहरूले आफ्नो नेतृत्वमा देशलाई विकसित र सुशासनयुक्त बनाउन सकेनन् । रोजगारीको सृजना, आत्मनिर्भर अर्थतन्त्र र भ्रष्टाचारमुक्त समाज निर्माणमा खासै योगदान पनि दिन सकेका छैनन् । बरु उल्टै विभिन्न भ्रष्टाचार र नैतिक स्खलनमा नेताहरूको नाम बारम्बार जोडिएर आउने गरेको पाइन्छ । अब धेरैजसो उच्च पद धारण गरिसकेका नेपालका नेताहरू राजनीतिक तथा जीवनकै उत्तराद्र्धमा छन् । त्यसकारण यदि उनीहरू आफ्नो राजनीतिक जीवनलाई केही भए पनि सफल बनाउन चाहन्छन् भने उनीहरूलाई अहिले सुवर्ण अवसर छ । अहिले जनताले साँच्चै नेपाली नेताहरूको भूमिका खोजेका छन् । नेताहरूले देशको अस्मिता रक्षा गरून् भन्ने जनताले अपेक्षा गरेका छन् ।

विगतमा नेपाली राजनीतिक दलहरू एकताबद्ध हुँदा ठूला–ठूला शासनसत्ता हल्लिएको हामीले देखेका हौं । जहानियाँ राणाशासन होस् या कैयौं दशकदेखि नेपाली भूमिमा राज गर्दै आएको राजतन्त्र होस्, ती सबै दलहरूका नेताहरूको एकता र नेपाली जनताको सहयोगले इतिहास बन्न पुगेका छन। तर ति सबै आन्दोलन भारतीय बाट नै निर्देशित थियो भन्ने कुरामा नेपाली जनता पुगिसकेका छन| वर्तमान समयले भारतको हेपाहा प्रवृत्ति र विस्तारवादी रणनीतिविरुद्ध नेपाली राजनीतिक दलका नेताहरूको यस्तै एकता र सहकार्यको माग गरेको छ । उनीहरूलाई सहयोग गर्न नेपाली जनता पनि तत्पर छन् । तर नेपाली नेताहरु त्यो हिम्मत राख्न सक्दैनन किन कि भारतीयहरुलाई नेपाली नेताहरुले मालिकको रुपमा सम्मान गर्छन्| श्वासफुर्त रुपमा सिमाना मिचिएको बिषयमा जनता सडकमा आउँदा प्रशासन लगायर लाठी र बुट बर्षाउछन|

तर, दुर्भाग्य भन्नुपर्छ सरकारले भारतको विरोध प्रदर्शनमा उत्रिने युवाहरूलाई पक्राउ गरी जेल हाल्ने काम गर्दै आएको छ । राष्ट्रियताको पक्षमा बोल्ने र लेख्नेहरूलाई आफ्नो निशानामा पार्दै आएको छ । पटकपटक गल्ती फेरि वर्तमान सरकारले राष्ट्रियताको सवालमा दोहो¥याइरहेको छ । सत्तारुढ दल नेकपाले आफ्नो इतिहास बिर्सनुहुन्न । साथै, सरकार बाहिर रहेका दलहरूलाई पनि साथ लिएर सीमा अतिक्रमणकारी भारतको विरोध र कूटनीतिक वार्ता यथाशक्य चाँडो प्रारम्भ गर्न आवश्यक छ । रास्ट्रीयताको रक्षाको निमित्त अब दलहरुले राजासङ्ग हातमिलाउन पनि पछी पर्नुहुदैन| राजाले बिकास र सम्रिद्दी ल्याउलान नल्याउलान त्यो समयले बताउला तर राजाले देश बेच्दैनन| आफ्नो देशको सिमाना मिचिएको रोक्न नसक्नेहरुले राजा फ्याल्यौ भन्नु हास्यास्पद छ| राजा कसले फ्यालेको प्रस्ट छ| नेपाली जनताको चाहनामा राजा फ्यालेको होइन|

अन्तत: रास्ट्रीयताको रक्षाको निमित्त सरकार पक्ष र प्रतिपक्ष सङ्ग मात्रै होइन राजा र बिप्लब सङ्ग पनि हातेमालो गरेर अगाडि बढ|

हाम्रो सन्देशमा प्रकाशित कुनैपनि लेख वा सामग्रीबारे गुनासो तथा सुझाव भए [email protected] मा पठाउनु सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर र भाईबरमा पनि जोडिन सक्नुहुन्छ ।