गीतकार प्रकाश दुमी राईको ‘एक जुनी त हो’ गीत सार्वजनिक (भिडियो)

हाम्रो सन्देश संवाददाता

काठमाडौं ।

गीतकार प्रकाश दुमी राईको ‘एक जुनी त हो’ बोलको गीतको म्यूजिक भिडियो, युट्युव मार्फत बजारमा आएको छ। काठमाडौंमा पत्रकार सम्मेलन गरी उक्त गीत सार्वजानिक गरिएको हो। राईले यस भन्दा अघि पनि धेरै गीत ल्याएका छन् । “यो गीतलाई सबै जनाले माया गर्नु हुनेछ भन्ने लागेको छ” उहाँले बताउनु भयो ।

गीतकार प्रकाश दुमी राईको शब्द रहेको उक्त गीतमा चर्चित गायक स्वरुपराज आचार्यको स्वर रहेको छ भने चर्चित संगीतकार डी आर अटुले संगीत दिनु भएको छ । गीतलाई स्टुडियो किङ्गमा गीत रेकर्डिङ गरिएको छ भने म्यूजिक भिडियोलाई “Akhabar TV” को युट्युव च्यानलबाट बजारमा ल्याइएको हो । यस म्युजिक भिडियोलाई अनिल कटवालले छायांकन र सम्पादन गरेका हुन् भने यस्को निर्देशन “सन्जीब राई”ले गरेका हुन । भिडियोमा राजन खतिवडाको साथमा सरिता भुजेल, विश्वास कोईराला, विकास पन्त र बाल कलाकार अल्मा खतिवडाको अभिनय हेर्न सकिन्छ।

(हेर्नुस् भिडियो )

हाम्रो सन्देशमा प्रकाशित कुनैपनि लेख वा सामग्रीबारे गुनासो तथा सुझाव भए [email protected] मा पठाउनु सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर र भाईबरमा पनि जोडिन सक्नुहुन्छ ।