७२ बर्षीया बृद्धालाई बलात्कार आरोपमा २८ बर्षीय युवा पक्राउ

हाम्रो सन्देश संवाददाता

पाँचथर, ६ माघ ।

पाँचथर प्रहरीले प्रहरीले ७२ बर्षीया बृद्धालाई बलात्कार गरेको आरोपमा एक युवालाई पक्राउ गरेको छ । बृद्धा बलात्कार आरोपमा हिलिहाङ–७, सुभाङका २८ बर्षीय मनकुमार योञ्जन पक्राउ परेका हुन् ।

सात बर्ष अघि श्रीमानको मृत्युपछि घरमा एक्लै बस्दै आएकी बृद्धलाई माघ ३ गते राती साँढे आठ बजे बलात्कार गरी नगद चोरी गरेको अभियोगमा पक्राउ गरीएको जिल्ला प्रहरी कार्यालयका पाँचथरले जनाएको छ ।

योञ्जनले राति बृद्धको घरभित्र प्रवेश गरी पटुकामा बेरेर राखेको १४ हजार ३४० रुपैंयाँ नगद, पुराना डलर पैशा राखेको थैली समेत चोरी गरी बलात्कार गरेको बृद्धाले आरोप लगाएकी छिन् । बृद्धाको जाहेरीको आधारमा योञ्जनलाई प्रहरीले पक्राउ गरीएको प्रहरीले जनाएको छ ।

उनीमाथि जबरजस्ती करणी र डाका चोरी अन्तर्गत मुद्धा दर्ता गरी अनुसन्धान भइरहेको पाँचथर प्रहरी प्रवक्ता, इन्सपेक्टर रोमनराज अर्यालले जानकारी दिए ।

हाम्रो सन्देशमा प्रकाशित कुनैपनि लेख वा सामग्रीबारे गुनासो तथा सुझाव भए [email protected] मा पठाउनु सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर र भाईबरमा पनि जोडिन सक्नुहुन्छ ।