पुर्वराजा ज्ञानेन्द्रकी छोरी प्रेरणालाई ३५ दिन भित्र घर जग्गा खाली गर्न निर्देशन

हाम्रो सन्देश संवाददाता

काठमाडौं, ४ माघ ।

नेपाल ट्रस्टको कार्यालयले पुर्व राजा ज्ञानेन्द्र शाहकी छोरी प्रेरणा शाहलाई ३५ दिन भित्र घर जग्गा खाली गर्न ३५ दिने सूचना जारि गरेको छ । ट्रस्टले सर्वोच्चको आदेश अनुसार उनले प्रयोग गर्दै आएको १५ रोपनी बढी जग्गा र उनी बस्दै आएको बिजया घरको लालपुर्जा आफ्नो मातहतमा आईसकेकोले घर जग्गा खाली गर्न सूचना जारी गरेको हो ।

ट्रस्टले यस अघि पनि पटक पटक सूचना जारि गर्दा समेत अटेर गरेको भन्दै पुन: ३५ दिने सूचना निकालेको जनाएको छ । ३५ दिन भित्र घर जग्गा खाली नगरे ट्रस्टले कानुन बमोजिम खाली गराईने जनाएको छ ।

हाम्रो सन्देशमा प्रकाशित कुनैपनि लेख वा सामग्रीबारे गुनासो तथा सुझाव भए [email protected] मा पठाउनु सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर र भाईबरमा पनि जोडिन सक्नुहुन्छ ।