रत्नपार्कमा हात हेर्न बस्ने ज्योतिष बाजेले युवतीलाई यसरी फ’साए

हाम्रो सन्देश संवाददाता

जब ठ’गहरू ‘गुरुबा’ बन्छन्, व्य’भि’चारीहरू ‘बाबा’ बन्छन्,धूर्तहरू ‘माता’ बन्छन्, दुःखी र चिन्तितहरू ठ’गिन्छन् र लु’टिन्छन् । देशैभरि अ’न्धवि’श्वासका पसलचलिरहेका छन् । बाँ’झोपनको उपचार गर्नेनिहुँमा महिलालाई आफूसँग शा’रीरिक सम्बन्ध राख्नहौस्याउने मति’भ्रष्ट बाबाहरू छन् यहाँ ।ज्योतिषशास्त्रको सामान्यजानकारी पनि नभएकाहरू ‘ज्योतिषपण्डित’को साइनबोर्ड झु’न्ड्या’एर बसेका छन् ।लु’टेरा बाबा र माताका काला कर्तुत उतारेका छन्,अम्मर जिसीले ।सुन्धाराको आकाशेपुलमुनि साँघुरो सटर–कोठामा छ, ‘शिवशक्ति ज्योतिष फलादेश केन्द्र’ ।

दिउँसोको साढे ३ बजे केही महिलामात्र‘ज्योतिष’बाट उपचार पाउन बाँकी थिए । दिनहुँमहिलाको भीड लागिरहने यस केन्द्रमा आफूलाईप्रख्यात ज्योतिष बताउने टीका योगी कुँवरले‘ज्योतिष सेवा’ दिइरहेका थिए ।लामो चुल्ठो पालेका उनलेएउटा कुर्सीमा आफ्ना गोडा बिसाएर नजिकैस्टुलमा एक अधबैँसे महिला राखेका थिए ।महिलाको कपडाभित्र उनका दुवै हातसलबलाइरहेका थिए । ती महिलापछि एककिशोरीको पालो आयो ।उनको पनि कपडा छिचोलेर पेटतिरबाटज्योतिषका हात सलबलाउन थाले ।ती किशोरी काउकुतीले भुतुक्क भइन् ।

‘केकाउकुती मान्या, मोरी’ भन्दै टीकालेगाला चिमोटे । पालो कुरिरहेका अन्य महिलासँगठट्टा गर्दै उनले आफ्नो काम जारी राखे ।अर्की छोरी समाएरबसेकी ती किशोरीकी आमा छेउमै थिइन् ।किशोरीलाई चण्डीमा हात राख्न लगाएर कसमखुवाए ज्योतिषले, ‘अबदेखि बुवासँग रिसाउन्न ।ठूलाले भनेको मान्छु । नराम्रो संगत छोड्छु…।’त्यसपछि उनले किशोरीलाई कम्मरमा बुटी बानिदिए। र, शुल्क लिए, एक हजार रुपैयाँ ।

आधा घण्टाको बीच उनले चारपाँच जना महिलासँगयही प्रक्रिया दोहो¥याए । ‘मैले गाउँमै ज्योतिषविद्या पढेको हुँ,’ उनले शुक्रवार संवाददातासँगगाह्रो मानेर कुरा गरे, ‘यहाँ केन्द्र खोलेको १४ वर्षभयो । धेरै विधि हुन्छन् ज्योतिष उपचारका । धेरैलेविश्वास गरेर त अहिलेसम्म टिकेको छु । दिनमा कहिलेपाँच सय त कहिले पाँच हजार रुपैयाँ कमाइन्छ । धेरैलाईनिको पारिसकेको छु ।’उनको यो केन्द्रमा धाउने अधिकांश महिला हुन्छन् ।अस्पतालमा बिरामीको जत्तिकै त्यहाँ पनि लामैलाइन बस्नुपर्छ । ‘डाक्टरकोमा धाउँदाधाउँदा हैरानपरेर उहाँकोमा आएकी छु,’ उपचार गराउने एकमहिलाले भनिन्, ‘मलाई तडाक्टरको भन्दा गुरुबाको उपचारमा विश्वास लाग्छ।

उहाँको झारफुकले पी’डा कम भएको छ ।’‘सेक्समार्फत उपचार’नयाँबानेश्वरस्थितसंविधासभा भवनको सीधा अगाडि छ,महाकाली ज्योतिष तथा हस्तरेखा विज्ञान केन्द्र ।यसका सञ्चालक हुन्, आफूलाई चर्चित युवा ज्योतिष रज्योतिषविद्यामा विद्यावारिधिको उपाधि पाएको बताउनेहरि खरेल । सधैँजसो मान्छेहरूको भीडभाड भइरहनेयो केन्द्र केही दिनदेखि बन्द छ ।

कारण,उनका कुकृत्यहरू सार्वजनिक भए ।विभिन्न रोगको उपचारका लागि आफूकहाँ धाउनेमहिलालाई ‘मसँग सम्भो’ग गरेमात्र तपाईंको उपचारसफल हुन्छ’ भन्ने सल्लाह दिएर आफ्नो यौ’नप्या’सपनि मेट्ने र पैसा पनि कुम्ल्याउने ज्योतिष हुन् उनी ।केही सञ्चारमाध्यममा उनको शोषण सार्वजनिकभएपछि उनी अहिले सम्पर्कविहीन भएका छन् ।केन्द्रको बोर्डमा लेखिएको छ, ‘कम उमेरमैदेशविदेशमा प्रसिद्धि कमाउन सफल ज्योतिषहरि खरेलबाट मानसिक रोग, दम, हातगोडा नचल्ने,बाथ, सुगर, महिलाको मासिक गडबडी,सेतोपानी बग्ने, कम्मर दुख्ने बिरामीको उपचार ।

’देशविदेशका राजनेता, कलाकार, गायिका, नायक–नायिकाको ग्रहफल हेरिसकेका भनेर आकर्षकविज्ञापन पनि गरिएको छ ।बाँ’झोपनको उपचारमा भौँतारिइरहेका पुजन (नामपरिवर्तन) को जोडी ज्योतिष खरेलसम्म पुग्यो ।‘पहिला त धेरै रिंगाए हामीलाई पनि । कहिलेग्रहदशा शान्त गर्ने, कहिले पूजाआजा गर्ने त कहिलेदान गर्ने भनेर धेरै खर्च गराए,’ पुजनले भने, ‘ज्योतिषलेमेरी श्रीमतीलाई ‘मसँग से’क्स गरेमात्र बच्चा हुन्छ’ भन्नथालेपछि हामी पछि हटेका हौँ ।’

उनका अनुसारज्योतिष खरेलले आफूसँग सम्भोग गरेको तीन वर्षभित्रबच्चा जन्मने आश्वासन दिएका थिए । धेरै महिलाहरूले उपचार सफल हुने विश्वासमा खरेलले भनेअनुसारगरेको पुजनले बताए । ‘यस्ता पाखण्डी ज्योतिषलाईदेखाएर के होला भनेर त्यसपछि हामी त्यहाँ जानैछोड्यौँ,’ उनले भने ।पी’डितहरूको जानकारीका आधारमा सम’स्या समाधानको पहलगरिरहेको बताए, वैदिक सनातन हिन्दू परिषद् संस्थागतसंघर्ष समितिका उपाध्यक्ष रामेश्वर थापाले ।‘हरि खरेलबाट पीडित भएकाहरूको आग्रहमा हामीलेयो पहल थालेको हौँ,’ उनले भने ।

खरेललेआफूमाथि लागेका सबै आ’रोप स्विकारेको र सुध्रनेमौका मागेको उनले जानकारी दिए । ‘उनका दुईश्रीमतीसमेतलाई राखेर छलफल गर्दा खरेललेमाफी माग्ने र अबदेखि त्यसो नगर्ने बताएका छन्,’थापाले भने । उनका अनुसार ज्योतिष खरेललेलामो समयदेखि उपचारका नाममा महिलाहरू सँग शारी’रिक सम्प’र्क गर्दै आएका थिए ।‘विदेशमा श्रीमान् भएका श्रीमतीहरूलाई एक्लोपनहटाइदिने, कसैलाई जोडी मिलाउने त कसैलाईश्रीमान्–श्रीमती छुटाइदिनेसम्मका आश्वासनदिँदा रहेछन्,’ उनले भने । धर्मको खोल ओढेर मनपरी भ्रमसिर्जना गर्ने खरेलजस्ता व्यक्तिले ज्योतिष विज्ञानर हिन्दू धर्ममै गम्भीर आघात पुगेको थापाको ठहर छ ।राष्ट्रिय ज्योतिष सेवा समितिका महासचिवविश्वप्रेम भट्टराईले भ्रमको खेती गर्ने ज्योतिषहरूदेशव्यापी छरिएको बताए ।

‘आफूलाई ज्योतिषबताउने यस्ता झुण्ड देशैभरि फैलिएका छन्,’ उनले भने,‘राज्य तथा नागरिकका स्तरबाट थप कदम नचालिएसमाजमा विकराल समस्या आउन सक्छ ।’ललितपुर, पाटन, बंगलामुखीमा ग्रहदशासँगै हरेक खालेरोग निको पारिदिने लेखिएको एउटा बोर्ड देखिन्छ। महिलाको से’तोपानी बग्ने, पाठेघर खराबी,बाँ’झोपनलगायत थुप्रै रो’ग निको पारिदिनेसूचनासहितको साइन बोर्ड हेरेर त्यहाँ छिर्ने धेरै हुन्छन्। सो बोर्डमा लेखिएका ज्योतिष कमलप्रसादघिमिरे (शर्मा) आफू ज्योतिषविज्ञ नैभएको दाबी गर्छन् । ‘महिलाको सेतोपानी बग्नेसमस्या १५ दिनको औषधि खाए चैट् पारिदिन्छु,’उनले भने, ‘बाँझोपनको त ग्यारेन्टी दिएरऔषधि गराउँछु । सेतोपानीको उपचारका लागि १५सय र बाँझोपनका लागि २५ सय जति ख’र्च लाग्छ ।

’बच्चा हुन नसकेका कुनै पनि महिलालेपहिलो महिना तीन दिन र दोस्रो महिना चारदिन औषधि खाए ग’र्भ रहने उनको दाबी छ ।‘कति जनाको सफल भइसक्यो,’ उनी आफूले नसक्नेउपचार सायदै भएको दाबी गर्छन् ।बाँ’झोपनको उपचारको पछि लाग्दा सामाखुशी बस्नेरीता (नाम परिवर्तन)को वैवाहिक जीवनमैपूर्णविराम लाग्यो । विवाह गरेको तीन वर्षसम्मसन्तान नभएपछि उनी साथीको सल्लाहमा आफूलाईठूलो ज्योतिष बताउने ज्ञानकुण्डबाबाकहाँ पुगेकी थिइन् । रीताको पूरैअवस्था बुझेपछि उनले टाढाबाट नातेदार पर्नेसँगविवाह गरेकाले ‘वंश’मा समस्या भएको बताए । हुनपनि त्यस्तै थियो, टाढाबाट दाजु नाता पर्नेसँगविवाह गरेर धादिङबाट भागेरकाठमाडौँ आएकी थिइन् उनी ।त्यसपछि ती बाबाले ‘साधुसँग सम्’भोग’ गरेमात्रै कोखभरिने उपाय बताइदिए । भागी विवाहका कारणपरिवारबाट एक्लिएकी उनी कुनैपनि हालतमा बच्चा चाहन्थिन् । उनले त्यस्तै गरिन् ।ती बाबासँग सम्भो’ग गरेको दुई महिनासम्म पनि गर्भनबसेपछि फेरि उनैकहाँ गइन् ।

बाबाले सात दिनसम्मत्यस्तो गर्नुपर्ने बताएपछि उनी तयार भइन् । एकदुईदिन लुकीछिपी भए पनि चौथो दिनरीताका श्रीमान्ले चाल पाए । उनको पिछा गर्दैजाँदा बाबासँग सम्भो’गका लागि तयारभएको अवस्थामा भेटे । बाबालाई रग’तप’च्छेहुनेगरी पि’टेर रीतालाई फिर्ता ल्याएका उनलेकेही दिनमै उनीसँग सम्बन्ध वि’च्छेद गरे । अहिलेती बाबा त्यो ठाउँबाट फरार छन् ।रीता नयाँ बसपार्कको एकहोटलमा भाँडा माझ्छिन् ।फुटपाथैभरि ‘ज्योतिष’२० वर्षीय दिवाराम गिरी भारत, आन्ध्रप्रदेशबाटकाठमाडौँ आएको दुई वर्ष भयो । रत्नपार्क,सुन्धारा क्षेत्रका फुटपाथमा बसेर ज्योतिष कर्म गर्नेउनी आफूलाई ज्योतिष विद्याको पूरै ज्ञानभएको बताउँछन् । ‘मैले धेरै बिरामीलाईसञ्चो पारिसकेँ,’ उनले दाबी गरे, ‘सन्ताननजन्मेकालाई पनि उपचार गर्न सकिन्छ ।’उनी ग्रहशान्ति गर्ने र भाग्यरेखा हेर्ने काम पनि गर्छन्। तर, धेरै आम्दानी बाँझोपनको उपचारबाट हुन्छ ।बाँ’झोपनको उपचारका लागि शिवलिंगीजस्तो देखिनेसाना सातवटा दाना फलफूलमा हालेर सात दिनसेवन गर्नुपर्ने उनको तरिका छ ।भारतबाटै आएका रिझनलाल यहाँ ज्योतिष काम गर्नलागेको १३ वर्ष भयो ।

‘यहाँका धेरैले हामीलाईविश्वास गर्छन्,’ उनी दंग छन्, ‘जागिर नपाएका,विदेश जान लागेका केटाकेटी त झन् धेरै विश्वासगर्छन् ।’ उनको दैनिक कमाइ कति होला ? ‘कहिलेपाँच सय त कहिले पाँच हजार पनि हुन्छ । फिक्स हुन्न,’उनले भने । उनका अनुसार न्युरोडको संकटा मन्दिरछेउछाउमा मात्र भारतबाट आएका ३५ जना ज्योतिषछन् । ‘हामी सबैलाई ज्योतिष ज्ञान धेरै छ,’नेपालीको भाग्य र भविष्य बताउन आफूहरू माहिररहेको समेत उनी दाबी गर्छन् ।सुरुमा ‘भेटी चढाउनुस्’बाट सुरु हुने उनीहरूको ज्योतिषविद्या अन्तिममा ‘इमोसनल ब्ल्याकमेलिङ’सम्मपुग्दा हात देखाउनेको गोजी रित्तिसकेको हुन्छ ।संकटा मन्दिरकै छेउमा ज्योतिष काम गरेर भारत,बिहारमा तीनतले घर बनाइसकेको बताउनेचिन्डीमोहन ४५ वर्षका भए ।

‘घरमैसिकेको हो ज्योतिष,’ उनले भने, ‘नेपालमा कमाइराम्रो हुन्छ । धेरैले विश्वास गर्छन् ।’ उनलेग्रहदशादेखि सबै रोगको उपचार गराउनेजिम्मा लिन्छन् ।माताका प्रपञ्चकाठमाडौँ, तीनकुनेकी सुनीता शाह हुनेखानेपरिवारकी हुन् ।उनी श्रीमान्की दो’स्री श्रीमती हुन् । श्रीमान्लेथुपारिदिएको सुनलगायत धनमाल प्रशस्तथियो उनीसँग । उनको चि’न्ताको विषय नैत्यही थियो, ‘यत्रो धनमाथि कसैलेआँखा गाड्यो भने के होला ?’ त्यसैबेला उनको चिन्तामा घिउ थपिदिने एकमाता प्रकट भइन् । माताकै भेषमा प्रकटभएकी भारतीय मूलकी ती महिलाले हात हेरिदिइन्सुनीताको ।

‘तपाईंलाई ग्रहले घेरेको छ । त्यसैलेधनसम्पत्ति शुद्ध गर्नुपर्छ,’ माताले कान फुकिहालिन् ।सुनीतालाई पनि सम्पत्ति शुद्ध बनाउनेमौका यही हो भन्ने लाग्यो । दराज रसुटकेसमा सुरक्षित गरिएका भएभरका गरगहना, पैसा,लालपूर्जा ल्याएर शुद्ध पार्नमाताको जिम्मा लगाइदिइन् । मातालेरचेको प्रपञ्च सफल हुँदै थियो ।सानो थैलोमा भरिएको माटोमा सुनीताको ‘सम्पत्ति’हालेर चारैतिर चलाइन् । मन्त्रले कोठा गुञ्जायमानथियो । सुनीता मख्ख थिइन् ।आधा घण्टापछि माताले थप उपाय बताइन् । ‘अबयो थैलो भोलिसम्म नखोल्नुस्,’ माता भोलि आउनेभनेर त्यहाँबाट निस्किइन् । भोलिपल्टमाटो भरिएको झोला खोल्दा त दुइटा ढुंगा रलालपूर्जा मात्र । कतिबेला आँखा छलेर मातालेनौ तोला सुन र दुई लाख रुपैयाँ नगद उछिट्याइन्,सुनीताले पत्तो पाइनन् ।

तथाकथित माताकै विश्वासमा परेर २०लाखको हिराको हार गुमाइन्,नयाँबजारकी विद्या खत्रीले । उनले पनि शुद्ध गर्नेनाममा मातालाई जिम्मा लाएको हार सुनीताकैजसरी एकैछिनमा विलीन भयो ।‘चामलको झोलामा हालेर झोला नैजिम्मा लगाइन्,’ विद्याले भनिन्, ‘त्यो हार तकतिबेला आफ्नो झोलामा हालिछिन्, पत्तै पाइनँ ।मलाई त भाउन्न भयो ।’ जुनझोलामा हालेको त्यही झोला जिम्मा लाएपछि विश्वासगरेको उनले बताइन्, ‘सबै बित्यास पारिन् नि ।’दाइजोमा पाएको हार माताले लु’टेपछि अहिलेघरमा बि’तण्डा मच्चिएको उनले बताइन् ।सामाखुसीकी इच्छा गुरुङको कोठामा चो’री भयो ।ल्यापटप, आइफोन, पैसा सबै चोरिएपछि उनलेप्रहरीमा उजुरी गरिन् । तर, प्रहरीले चासो दिएन ।त्यसपछि उनी मनमैजुकी प्रख्यात भनिने एकमाताको ‘आश्रम’मा पुगिन् । ‘मातालेहातमा कालो धुलो दलेर हेर्न लाउँथिन् रत्यसमा चो’रीको सबै दृश्य देखिन्छ, ध्यान दिएर हेरभन्थिन्’, इच्छा भन्छिन्, ‘मैलेकेही नदेखेपछि मेरो बहिनी, साथी धेरैलाई हेर्नलगाइन् । कसैले देखेनन् ।’

नदेखिएपछि माताले ‘आज ग्रहमिलेन, भोलि आउनू’ भनिन् । भोलिपल्ट उनलाईबुटी बाँध्न लगाएर हेराइयो ।बुटी लाउँदा पनि नेदेखिएपछि मातालेइच्छाको ग्रहदशा खराब भएको सुनाइन् । कुरा गर्दैजाँदा इच्छाले आफू रोगी भएको बताइन् । मातालेरोग निको पार्ने दाबी गर्दै अनेक रीतिरिवाज गर्नलगाइन् । ‘चोर समातिएला कि भनेरमाताकोमा गएकी थिएँ,’ उनले भनिन्,‘चोरको कुरा छोडेर माता त मेरो रोगनिको पार्नतिर पो लागिन् । पन्ध्र÷बीस हजाररुपैयाँ सकिएपछि जान छोडेँ ।’०००माताको भेषमा ठगी गर्ने र बाबाको भेषमा यौ’नप्या’स मेटाउनेहरू हाम्रो गाउँ–शहरमा थुप्रै छन् ।दुः’खमा परेर रन्थनिएका र अन्धविश्वासी मानिसउनीहरूको शरणमा पर्ने गरेका छन् । बाबा रमाता भनाउँदाले भने ज्योतिषविद्याका नाममा दुनियाँलाई लु’टिरहेका छन् ।‘ज्योतिष पेशा नै बदनाम पारे’ज्यो. विश्वप्रेम भट्टराईमहासचिव, राष्ट्रिय ज्योतिष विज्ञानसेवा समितिखगोलीय अवस्थालाई अध्ययन गरी जन्मकाल रवर्तमान समयको आकलन गरी त्यसबाट निस्कने फलबताउने व्यक्ति हो, ज्योतिष ।

ज्योतिषविज्ञानका तन्त्र, मन्त्र, शक्ति, ग्रहगणनलगायत धेरैविद्या छन् । बिरामीको उपचार गर्ने पाटो पनि छ। तर, त्यसका लागि धेरै अनुभव, साधना, ज्ञान रविद्वता चाहिन्छ । सडकमा बसेर हात हेरेर, पेट छामेर,फुकफाक पारेर उपचार हुन सक्दैन ।अहिले ज्योतिषविद्याका नाममा सडक, गल्ली रचोकचोकमा अपराध भइरहेका छन् । सरकारवा सम्बन्धित निकायले चासो दिएका छैनन् ।यसमा मापदण्डको अभाव छ । डाक्टरलाईजसरी ज्योतिषलाईपनि लाइसेन्सको व्यवस्था गर्नुपर्छ । अहिले तकेही काम पाएन भने पिताम्बर (पहेँलो कपडा) रटीका लगायो, भयो ज्योतिष । यसलेगर्दा हाम्रो पेशा नै बदनाम भइसक्यो ।कर्मकाण्ड र ज्योतिषशास्त्र फरक कुरा हुन् ।पुरोहितवाद भनेको भ्रमको खेती हो ।ज्योतिषको मुख्य क्षमता भनेको समयसूत्र रकालज्ञान हो ।

हिजो, आज र भोलि बताउन सक्नेहुनुपर्छ ज्योतिष । शक्ति र साधनाले सूर्यको अध्ययनगर्न सक्नुपर्छ । ग्रहगणनाका लागि गणितमा पोख्तहुनुपर्छ ।बाँ’झोपनको उपचार गर्ने ज्योतिष होइन । यो तचिकित्सक र वैद्यराजको काम हो । ज्योतिषविज्ञान त कालको हुबहु साक्षात्कार गर्ने क्षेत्रहो । ग्रह र प्रकृतिको अध्ययन गरी केही सामान्यउपचार सफल हुन सक्छ । तर, ‘सबै ठीक पार्छु’ भन्नुपाखण्डबाहेक केही होइन ।वैद्यराज, डाक्टर र ज्योतिषको समन्वय हुनुपर्छ । एकलेअर्काको अस्तित्व स्विकार्नुपर्छ ।

वनस्पति रचिकित्सा विज्ञानलाई ज्योतिषले हेर्ने ग्रहचरआवश्यक हुन्छ । ग्रहको गोठालो हो, ज्योतिष ।पहिलाका ऋषिमुनिले गरेका सम्भोग गरेर उपचार हुनेपद्धति अब कथामा सीमित छन् । उनीहरूले जसरी मैलेपनि सक्छु भन्नु व्यभिचार हो ।अहिलेको समयमा यो शारीरिक शोषण हो, अप’राध हो । हरि खरेलजस्ता अ’वैध कर्म रझुटका खेतीसम्बन्धी धेरै केस मैले सुन्न र देख्न पाएको छु ।दुः’ख लाग्छ, यस्ता कुरा देख्दा र सुन्दा । मैले मात्रगरेर सक्ने यहाँ केही छैन । म तज्योतिषको एउटा संगठनको पदाधिकारीमात्र हुँ ।धेरै छन् यस्ता संगठन । राजनीतिक दलले सदस्यता दिएजस्तो त हो नि, यो पनि । जसले पनि पाउन सक्ने ।यस्ता झुण्डहरूले पेशालाई नै बदनाम पारिसके । अबशुद्धीकरणको आवश्यकता छ । एक लाखजति ज्योतिषभनिने व्यक्ति नेपालमा छन् । त्यसमा पाँच हजारमात्रसच्चा ज्योतिष होलान् । हुन त सर्टिफिकेट नै किन्नपाइन्छ अहिले ।

जीवनभर अध्ययन, अनुसन्धानगरी विज्ञता हासिल गरेका व्यक्तिलाईयस्ता खबरले सास्ती दिइसक्यो ।सम्भोग गरेर निको हुने सुनेर त्यसो गरिदिन आग्रहगर्नेहरू पनि आउँछन् । खबरदार, ज्योतिषबाटकामवासनाको आश नगर्नुस् । यसबाट उपचार हुनेकुरो असम्भव छ ।एकजना मात्रै ज्योतिषको विश्वास नगर्नुस् ।शास्त्रमै पढ्नुपर्छ, घटीमा चार जना ज्योतिषले सँगैबसेर निर्णय लिनुपर्छ । नेपालमा एउटा साझा केन्द्र,जुन सबैलाई मान्य होस्, को खाँचो छ ।कहिलेकाहीँ हचुवामा गरेको उपचारले धेरैलाईप्रभावित गर्छ । त्यो त मानसिक शान्ति मात्रहो । त्यो दिगो हुँदैन । धामीझाँक्रीलेगरेजस्तो काम हो त्यो । अहिले त पैसाको बललेयस्ता महाराज, उस्ता गुरु, सर्वोच्च व्यक्ति भनेर भ्रमफैलाइन्छ । शास्त्रलाई नै आघात पारिरहेको सबैलेटुलुटुलु हेरिरहेछौँ । यहाँ त तस्करी गर्ने ज्योतिषपनि छन् ।

हाम्रो सन्देशमा प्रकाशित कुनैपनि लेख वा सामग्रीबारे गुनासो तथा सुझाव भए [email protected] मा पठाउनु सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर र भाईबरमा पनि जोडिन सक्नुहुन्छ ।