बिमानस्थलमा आस्था राउत र महिला प्रहरी बीच हात हालाहाल भएको भिडियो सार्वजनिक !

हाम्रो सन्देश संवाददाता

काठमाडौं, ३ माघ ।

गायिका आस्था राउतको एक भिडियो विहिवार निकै भाइरल भयो । उनले आफु भद्रपुर जाने क्रममा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा सुरक्षार्थ रहेकी महिला प्रहरीले अभद्र ब्यवहार गरेको भन्दै फेसवुक लाइभमा निकै अशभ्य शब्द प्रयोग गर्दै भिडियो सार्वजनिक गरेकी थिइन् । तर राउतले जो प्रहरी महिलाले आफुलाई अभद्र ब्यवहार गरेको भनेकी थिइन् उनी महिला प्रहरीले राउन विरुद्ध अ’भद्र व्य’वहार गरेको उजुरी परेको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयमा कार्यरत प्रहरी जवान रमिता श्रेष्ठले राउतविरुद्ध महानगरीय प्रहरी कार्यालय रानीपोखरीमा उजुरी दिएकी हुन् । रमिताले पनि गायीका राउतले आफु माथि अ’भ’द्र ब्य’वहार गरेको आराप लगाएकी छन् । विमानस्थलको सुरक्षा जाँचका क्रममा गायिका राउतले आफूमाथि अ’भद्र व्य’वहार गरेको उनको अभियोग छ । उजुरीमा उनले आफूमाथि अ’भद्र व्य’वहार गर्ने राउतलाई कानूनानुसार हदैसम्मको कारबाही हुनुपर्ने माग गरेकी छन् ।

बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलवाट भद्रपुर जाने क्रममा आन्तरिक उडानतर्फको भवनमा सुरक्षा चेकजाँचका क्रममा गायिका राउतले आफूमाथि दु’व्र्य’हार गरेको प्रहरी जवान राउतको भनाइ छ । तर राउतले भने महिला प्रहरीले आफुलाई त सम्बोधन गर्दै अ’भ’द्र ब्य’वहार गरेको आरोप लगाएकी थिइन् । बुद्ध यएरको विमानवाट भद्रपुर पुगेपछि गाडीमा बसेकी राउतले गाडीवाटै फेसवुक लाइभ गर्दै आफुमाथि महिला प्रहरीले अपमान गरेको बताएकी थिइन् । उनले प्रहरी संगठनमा तल्लो तहमा नराम्रो प्रवृत्ती रहेको भन्दै निकै आ’क्रो’शित भावमा अ’पश’ब्द प्रयोग समेत गरेकी थिइन् । उनले प्रहरीलाई डण्ठे, फुलीस पिउसो जस्तो शब्द प्रयोग गर्दै फेसवुक लाइभ मार्फत प्रहरीलाई गा’ली गरेकी थिइन् ।

गायिका राउतले भने विमानस्थलमा कार्यरत महिला प्रहरी जवानले आफूलाई अ’पश’ब्द प्रयोग गरेर न्याँकेको समेत बताएकी थिइन् ।महानगरीय प्रहरी आयुक्तको कार्यालय रानीपोखरीले गायिका राउतविरुद्ध परेको उजुरीका सन्दर्भमा अनुसन्धान शुरु भएको जनाएको छ । प्रारम्भिक चरणमा विमानस्थलको सीसीटीभी फुटेज जाँच गर्ने र विमानस्थलमा कार्यरत अन्य सुरक्षाकर्मीको पनि बयान लिने काम भइरहेको प्रहरी स्रोतले जनाएको छ ।

फ्लाइट डिले हुने भएपछि विमानस्थल परिसरमै कफी पिएर बसिरहेको अवस्थामा बुद्ध एअरका कर्मचारीले बोलाएपछि हतारमा कफी बोकेरै चेकिङतर्फ जाँदा चेकिङमा महिला प्रहरीले आफूलाई अपमानजनक व्यवहार गरेको उनको भनाइ छ ।

“चेकिङमा रहेकी महिला प्रहरीले ज्याकेट खोल्न भनेपछि मैले प्लेन छुट्न लागेको बताउँदै ज्याकेट नखोले हुँदैन भनेर सोधेँ,” आस्था भन्छिन्, “तर मलाई त्यहीँ अ’पश’ब्द प्रयोग गर्दै हा’त नै हाल्ने काम भयो । मलाई तँ भनेकोमा चित्त दुखाइ होइन हात हालेको मन परेन ।”

हाम्रो सन्देशमा प्रकाशित कुनैपनि लेख वा सामग्रीबारे गुनासो तथा सुझाव भए [email protected] मा पठाउनु सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर र भाईबरमा पनि जोडिन सक्नुहुन्छ ।