आस्था राउतको सुरक्षा जाँच गर्ने प्रहरी जवानले दिइन् उजुरी ? यस्तो हुन सक्छ सजाय

हाम्रो सन्देश संवाददाता

काठमाडौं, ३ माघ ।

प्रहरी जवान रमिता श्रेष्ठले आफूमाथि अभद्र व्यवहार भएको भन्दै विमानस्थल सुरक्षा प्रहरी कार्यालयमा उजुरी दिएकी छन् । विमानस्थलमा गायिका आस्था राउतको चेकजाँच गरेकी उनले आफू ड्यूटीमा रहँदा गालीगलौच र अभद्र ब्यवहार भएको भन्दै उजुरी दिएकी हुन् । उनको उजुरीमाथि कारबाहीका लागि विमानस्थल प्रहरी कार्यालयले महानगरीय प्रहरी आयुक्तको कार्यालय रानीपोखरीमा पठाएको छ ।

यतिबेला गायिका आस्था राउत सामाजिक संजालमा ट्रोल भएकी छिन् । उनले एयरपोर्टमा प्रहरीले आफूलाई खानतलासी गर्दा इज्जत नदिएको भन्दै फेसवुक लाईभ मार्फत आफ्नो अवचेतन मनको संवेगमा आएर सुरक्षा प्राणलीमै प्रश्न उठाउने हिम्मत गर्दा आस्था नजोगाई बोलेका वाणीहरुले गनैको गला रेटिरहेको छ ।

प्रहरीले भिडियो माथि अनुसन्धान गरिरहेको भनेपछि उनी कतै प्रहरीको फन्दामा पर्ने हुनकी भनेर उनका प्रशंसकहरु चिन्तामा छन् । प्रशंसकहरुले उनलाई सत्य कुरा बोलेकोमा नड्गमगाउन आग्रह गरिरहेका छन् भने उनले आफैँ पश्चाताप गरेर गल्ती भएको स्वीकारोक्ती भने गरिसकेकी छन् । तर बगेको खोला फर्कीन्न, बोलेको वोली फिर्ता हुन्न भनेजस्तै उनले अपराध गरीसकेकी छन् ।

कानूनले उनलाई गल्ती नभएको मान्न सक्दैन् । तर सजाय कम हुन सक्छ। एकचोटीको गल्ती ठानेर सम्झाएर छोड्न पनि सक्छ। तर उनले आवेशमा प्रहरीको मर्यादामै ठेस पुराएको भने नकार्न सकिदैन् ।

के के हुन सक्छ त सजाय

मुलुकी अपराध संहिता २०७४, भाग ३ वैयक्तिक गोपनियता तथा प्रतिष्ठा विरुद्धको कसूर अन्तर्गतका प्रावधानहरु यकिन अन्तर्गत आकर्षित हुनसक्छन् । त्यस अन्तर्गत परिच्छेद २ मा गाली बेइज्जती सम्बन्धी कसूर पर्दछ । दफा ३०५ मा कसैले कसैलाई गाली गर्न नहुने भन्ने प्रावधान छ ।

३०६ मा बेइज्जती गर्न नहुने भन्ने व्यवस्था छ । तर ३०६ को उपदफा ३ बोजिम उनले गरेको गाली बेइज्जती सर्वसाधारणको हितको लागि प्रमाण र आधारसहित साँचो कुरा हो भने कसूर ठहरिँदैन् । उपदफा ३ को (ख) र (ग)मा सार्वजजिनक ओहोदामा भएका मानिसहरुबाट भएको आचरण गैरकानूनी वा अमर्यादित भएमा त्यसको कुरालाई प्रकाशन वा प्रशारण गर्दा पनि गाली गरेको ठहरिँदैन् । आस्थाको भनाई अनुसार उनले यसै गरेकी हुन् ।

३०७ मा बेइज्जती गरेमा हुने सजाय उल्लेख छ । जहाँ कसूर भएको ठहरिएमा कसूरको गम्भीरता हेरेर दूई वर्षसम्मको कैद सजाय र वीस हजारसम्मको जरिवाना हुन्छ वा दुवै हुनसक्छ । विद्युतिय संचारमाध्यमको प्रयोग गरी गाली बेइज्जेती गरेकोमा क्षतीपूर्ती समेत भराई लिन सक्ने छ भनिएको छ ।

हाम्रो सन्देशमा प्रकाशित कुनैपनि लेख वा सामग्रीबारे गुनासो तथा सुझाव भए [email protected] मा पठाउनु सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर र भाईबरमा पनि जोडिन सक्नुहुन्छ ।