एमसीसीकाे बिराेध नगर्न प्रधानमन्त्रीकाे ह्वीप

हाम्रो सन्देश संवाददाता

काठमाडौं, ३ माघ ।

सरकारमै रहेका मन्त्रीहरु योगश भट्टराई र घनश्याम भुषाल एमसीसीबारे अलिक प्रष्ट नभई संसदबाट पारित गराउन नहुने पक्षमा देखिएपछी प्रधानमन्त्री केपी शर्मा ओली उहाँहरुसगँ चिढिनुभएकाे छ । प्रधानमन्त्री ओली जसरी पनि स‌सदवाट एमसीसी पारित गर्ने योजनामा लाग्नुभएका बेला मन्त्रीहरुवाटनै सहयाेग नहुने स‍केत पाएपछि उहाँहरुसँग चिढीनुभएकाे स्पष्ट छ । गत २८ पुषमा बसेकाे मन्त्रीपरिषदकाे बैठकमा भट्टराई र भुषालले एमसीसीबारे नबुझी अहिलेनै स‍सदवाट पास गर्न नहुने तर्क राखेपछि प्रधानमन्त्री अचानक रिसाउनुभएकाे एक मन्त्रीले खुलासा गर्नुभएकाे छ ।

मन्त्रीहरुनै एमसीसीकाे विपक्षमा रहेकाे थाहा पाएपछि प्रधानमन्त्री ओलीले विवादमा परेकाे अमेरिकी सहयोग मिलेनियम कर्पोरेशन च्यालेञ्ज (एमसीसी) बारे मन्त्रीहरुले जथाभावी बोल्न नपाउने निर्देशन दिनुभएकाे छ । सत्तारुढ दल नेकपाभित्रै एमसीसी स्वीकार गर्ने नगर्ने भन्ने विषयमा चर्को विवाद छ । अमेरिकाको इन्डो प्यासेफिक रणनीति अन्र्तगत एमसीसी परियोजना भए नेपालले स्वीकार नगर्ने अधिकाशं नेकपा नेताहरुको भनाई आईरहँदा प्रधानमन्त्री ओलीले आफ्नै मन्त्रीहरुलाई बोल्न प्रतिबन्ध लगाउनुभएको हो ।

‘ प्रधानमन्त्री ले ह्वीप नै लगाए जसरी एमसीसीको विपक्षमा बोल्दै नबोल्न कडा निर्देशन दिनुभयो, एक मन्त्रीले भन्नुभयो ‘एमसीसीको विपक्षमा बोल्ने हो भने मन्त्री पद छोडेर जान नै प्रधानमन्त्रीले निर्देशन दिएको मन्त्रिको तर्क छ ।’ प्रधानमन्त्रीले सरकारमा पनि बस्ने अनि एमसीसीको विरोधमा पनि बोल्दै हिंड्ने कुरा आफूलाई सैह्य नहुने भन्दै त्यस्तो निर्देशन दिएको बताइएको छ। पार्टीकै नेताहरु भीम रावल, देव गुरुङ लगायत नेताहरुले यस विषयमा जनताका बीचमा अनावश्यक भ्रम मात्र सिर्जना गर्न खोजेको र पार्टी र नेतृत्वका विरुद्ध बोल्नेलाई पार्टीले त्यक्तिकै नछोड्ने पनि प्रधानमन्त्रीको भनाई थियो ।

भीम रावलले बालुवाटारबाट आफूलाई ज्यानको धम्की दिईसकेको तर्फपनि प्रधानमन्त्रीले निक्कै कडा रुपमा मन्त्रिपरिषद् बैठकमा अभिव्यक्ति दिनुुभएको थियो । प्रधानमन्त्रीको भनाई उदृत गर्दै ति मन्त्रीले भने,– ‘एमसीसीबारे नभएका कुराहरु ठूल्ठूलो स्वरमा प्रचार गर्ने अनि बालुवाटारले आफूलाई ज्यान मार्ने धम्की दिएको झुटो आरोप लगाउँदै हिडने रु बालुवाटार भनेको के हो रु को हो बालुवाटार रु जथाभावी बोल्दै हिंड्ने रु पार्टीको जिम्मेवार नेताले जे पनि भन्दै हिंड्ने पनि हुन्छ रु अब यस्तो सहिन्न ।’

प्रधानमन्त्रीले मन्त्रीहरुलाई निर्देशन दिंदै भन्नुुभयो,– ‘अब उप्रान्त कुनै पनि ठाउँमा कुनै पनि मन्त्रीले एमसीसीबारे नकारात्मक कुरा नगर्नु होला । ‘यसमा अब जे भयो भयो, अब यो पारित गरेर जाने सरकारको नीति हो, यसको विरोधमा अब बोल्दै नबोल्नुहोस कसैले पनि ।

हाम्रो सन्देशमा प्रकाशित कुनैपनि लेख वा सामग्रीबारे गुनासो तथा सुझाव भए [email protected] मा पठाउनु सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर र भाईबरमा पनि जोडिन सक्नुहुन्छ ।