एमसीसी विरुद्ध विप्लवको नेपाल बन्दको चेतावनी: यस्तो छ कार्यक्रम तालिका

हाम्रो सन्देश संवाददाता

काठमाडौं, ३ माघ ।

विप्लव नेकपाले विवादित अमेरिकन मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सदनबाट पारित गरिए त्यसकाविरुद्ध कडा संघर्ष गर्ने चेतावनी दिएको छ । उसले त्यसका विरुद्ध व्यापक जनताको सहभागितामा देशव्यापीरुपमा भण्डाफोर आन्दोलन गर्ने जनाएको छ । त्यसकालागि उसले माघ १ देखि १५ गतेसम्मका विभिन्न कार्यक्रमको तालिका सार्वजनिक गरेको छ ।

नेकपाले एमसीसी सम्झौता सदनबाट पारित गरिए नेपाल बन्द लगायत विभिन्न किसिमका सङ्घर्ष गर्नेे चेतावनी दिएको छ ।
बिहीबार सार्वजनिक गरिएको आन्दोलनका कार्यक्रम अनुसार नेकपाले अमेरिकी दूतावास, संयुक्त राष्ट्रसङ्घको कार्यालय र नेपाल सरकारलाई ज्ञापन पत्र बुझाउने भएको छ ।

यस्तै नेकपाले जनसङ्घर्ष अन्तर्गत आस्थाका आधारमा बन्दी बनाइएका आफ्नो पार्टीका नेता–कार्यकर्ताहरूको तस्बिर प्रदर्शन गर्ने, महँगी विरुद्ध प्रदर्शन गर्ने र व्यापक जनसहभागितामा जनवादी सांस्कृतिक कार्यक्रम गर्ने रहेको छ ।

यस्तो छ नेकपाको १५ दिने कार्यक्रमः

माघ ५ गते सरकारलाई ज्ञान पत्र दिने
माघ १० गते अमेरिकी दूतावासलाई ज्ञापन पत्र दिने
माघ १२ गते संयुक्त राष्ट्रसङ्घको कार्यालयमा ज्ञापनपत्र दिने

देशव्यापी जनसङ्घर्षका कार्यक्रम

माघ १० गते बन्दीहरूको रिहाइका निम्ति तस्बिर सहित प्रदर्शन गर्ने ।
माघ १६ गते सहिद दिवस मनाउने ।
मघ १८ गते महँगी विरुद्ध प्रदर्शन गर्ने ।
माघ २० गते खुला साँस्कृतिक कार्यक्रम गर्ने ।
माघ २५ गते देशव्यापी अन्तरक्रिया गर्ने ।

हाम्रो सन्देशमा प्रकाशित कुनैपनि लेख वा सामग्रीबारे गुनासो तथा सुझाव भए [email protected] मा पठाउनु सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर र भाईबरमा पनि जोडिन सक्नुहुन्छ ।