एमसीसीमार्फत अमेरिकाले साथ दिन खोजेको छ, खुट्टा नकमाई पारित गर्नुपर्छ: देउवा

हाम्रो सन्देश संवाददाता

काठमाडौं, ३ माघ ।

नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले नेपालको विकासमा अमेरिकाले साथ दिन खोजेकोले एमसीसी संसदबाट अनुमोदन गर्नुपर्ने बताएका छन्। बुधबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्दै सभापति देउवाले यस्तो बताएका हुन्।

‘नेपालको विकासमा अमेरिकाले साथ दिन खोजेको छ, यो विषयलाई अनुमोदन गरेर जानुपर्छ,’ देउवाले भने ‘यस्तो विषयमा खुट्टा कमाएर हुन्छ र?’

एमसीसीलाई गलत व्याख्या गरिएको भन्दै यो सहयोग गुम्न नहुने उनको भनाइ थियो।

एमसीसीलाई लिएर सत्तारुढ नेकपामा नै मतभेद देखिएको छ भने प्रमुख प्रतिपक्षि कांग्रेसले यसलाई पारित गर्नुपर्ने बताउँदै आएको छ।

एमसिसी लोकतन्त्रका शर्त पूरा गर्ने विश्वका सबै गरीब मुलुकमा गरीबी विवरण र जनताको जीवनस्तर उकास्न अमेरिकाले ल्याएको अवधारणा हो। सन् २००४ मा अमेरिकन संसद्ले एमसिसी पारित गरी लागू गरेको हो ।

हाम्रो सन्देशमा प्रकाशित कुनैपनि लेख वा सामग्रीबारे गुनासो तथा सुझाव भए [email protected] मा पठाउनु सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर र भाईबरमा पनि जोडिन सक्नुहुन्छ ।