यसरि अब नेपालमै बनाउन सकिन्छ केटालाई केटी र केटीलाई केटा

हाम्रो सन्देश संवाददाता

काठमाडौं, २ माघ ।

विश्वका धेरै देशमा ‘ट्रान्स जेन्डर’ हरूले आफूलाई परिवर्तन गर्न चाहे सम्भव भइसकेको छ। केटा मान्छेबाट केटी मान्छे बन्न चाहने अनि केटीबाट केटा बन्न चाहने ट्रान्सजेन्डरहरूले आफूलाई परिवर्तन गर्न सक्छन्।

धेरै देशमा यसको सुरूआत पनि भइसकेको छ। कोही पुरूषलाई महिला बन्न उसको शरीर महिलाको जस्तो बन्न ‘ब्रेस्ट’ हुनु महत्वपूर्ण छ। त्यसका लागि स्तन प्रत्यारोपण गर्न सकिन्छ।

सिलिकनको स्तन प्रत्यारोपण गरेर शरीरको बनावट सजिलै बनाउन सकिन्छ। त्यस्तै महिलाबाट पुरूष बन्न चाहने ट्रान्सजेन्डरको पनि स्तन निकाल्न सकिन्छ। भविष्यमा ट्रान्स जेन्डरहरूका लागि ‘सेक्स चेन्ज अपरेशन’ गर्ने भनेर हामी लागिरहेका छौं।

अब नेपालमै केटालाई केटी र केटीलाई केटा बनाउन सकिन्छ। मैले यससम्बन्धी प्लाष्टिक सर्जरीको तालिम लिएको छु र थाइल्याण्ड गएर अपरेशनमा सहभागी पनि भएको छु। यो काम नेपालमा पनि गर्नुपर्छ भनेर लागिरहेको छु।

जो केटा मान्छे भएर जन्मिएको छ तर केटी मान्छेजस्तो बन्नु परेको छ अनि उसको भावना र सोचाइ पनि त्यस्तै छ। त्यस्तो अवस्थामा केटाको जेनाइटल अर्गानु लाई परिवर्तन गरेर केटीको जस्तो बनाउनु पर्छ।

त्यो गर्दा उहाँहरूले मानसिक रूपमा स्वीकार गर्नुहुन्छ। त्यो ट्रान्सजेन्डरले मात्रै गर्ने कुरा हो। सबैले गर्ने कुरा हुँदैन। अर्गान परिवर्तन गरेकै कारणले बच्चा पाउनेसम्मको अवस्था हुन्छ भन्ने छैन। त्यस्ता व्यक्तिहरूले ‘एडप्ट’ गरेर बच्चा ल्याउनु पर्ने हुन्छ।

अहिले धेरै नै आधुनिक प्रविधिले गर्दा पाठेघरसम्म पनि प्रत्यारोपण भएको छ। गर्भधारण गरेर बच्चा पनि भएको छ। तर यो धेरै जटिल काम हो। त्यसैले एकदमै कम मात्रामा भएको छ।

प्राविधिक हिसाबले नेपालमा ‘सेक्स चेन्ज’ सम्भव छ। किनकी यो एक प्रकारको अपरशेन नै हो। तर त्यसका लागि कानुनी प्रक्रिया छन्। कानुनी प्रक्रिया मिलाएपछि हामी तुरून्तै यो काम सुरू गर्ने योजना छ।

हामीले सम्बन्धित व्यक्तिसँग पनि कुरा गरिरहेका छौं। नेपालमा त यो नयाँ कुरा हो। सुरू गर्नसाथ केही समस्या हुन्छ कि भनेर यसको तयारी गरिरहेका छौं। हामी छिट्टै यो सेवा सुरू गर्छौं।

तपाईको समाचार, लेख /रचना वा सुझाव र प्रतिक्रिया भएमा [email protected] मा पठाउनुहोला ।