प्रहरीलाई गाली गरेको भिडियो भाइरल भएसँगै गायिका राउतले मागिन माफी

हाम्रो सन्देश संवाददाता

काठमाडौं, २ माघ ।

त्रिभुवन विमानस्थलमा आफूमाथि चेकजाँचका क्रममा प्रहरीले दु’र्व्यवहार गरेको आ’रोप लगाउँदै गा’ली गर्दै भिडियो सार्वजनिक गरेपछि गायिका आस्था राउत वि’वादमा तानिएकी छन् ।राउतले आफूलाई महिला प्रहरीले दु’र्व्यवहार गरेको आ’रोप लगाउँदै फेसबुकमा भिडियो पोष्ट गरेकी थिइन् । बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट झापाको भद्रपुर जान लाग्दा चेकिङको क्रममा महिला प्रहरीले दु’र्व्यवहार गरेको आस्थाको आ’रोप छ ।भिडियोमा उनले प्रहरीले आफूलाई चेकजाँचका क्रममा ‘तँ’ भनेको आ’रोप गाउँदै प्रहरीलाई ‘ड’न्ठे’, ‘ब’न्दुके’, ‘पुलिस कि फुलिस’ जस्ता शब्द प्रयोग गरेकी छन् ।राउतले प्रहरीप्रति आ०’क्रोश पोखेको भिडियो फेसबुकमा ‘भाइरल’ भएको छ । भद्रपुरमा ओर्लिएपछि राउतले जिपमा गुड्दै गर्दा भिडियो लाइभ गरेको भिडियोमा देख्न सकिन्छ । उनले भिडियोमा प्रहरी हाम्रो साथी भन्ने स्लोगन हटाउन पनि भनेकी छन् ।

प्रहरी प्रवक्ता शैलेश थापा क्षत्रीले भिडियाबारे अ’नुसन्धान सुरु भएको बताए । उनले भने,अरुलाई अनुशासन सिकाउने गायिकाको आफ्नै शब्द आ’पत्ति’जनक छन् । केहीदिनभित्रै घ’टनाबारे प्रतिवेदन आएपछि के गर्ने भन्नेबारे सोच्नेछौं । यता महानगरीय प्रहरी आयुक्तको कार्यालय रानीपोखरीका डीआईजी विश्वराज पोखरेलले घ’टनाबारे जानकारी लिने काम सुरु गरिसकेको बताए ।डीआईजी पोखरेलले भने,‘‘प्रहरीले चेकजाँचका क्रममा व्यक्ति र अनुहार हेर्दैन । कस्को प्लेन छुट्छ, त्यो हाम्रो चासो होइन । सुरक्षा चासोमा हामी ग’म्भी’र हुन्छौँ । प्रहरीले क’मजोरी गरेको भए उ’जुरी गर्ने, का’नुनी उपचार किन नखोजेको ? मनलाग्दी बोल्न कसैले पाइँदैन । सामाजिक सञ्जालमा आस्थाको आ’लोचना भएपछि उनले फेसबुक मार्फत माफी मागेकी छन् ।

हाम्रो सन्देशमा प्रकाशित कुनैपनि लेख वा सामग्रीबारे गुनासो तथा सुझाव भए [email protected] मा पठाउनु सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर र भाईबरमा पनि जोडिन सक्नुहुन्छ ।