छवि ओझा संग डिभोर्स गरेकी रेखा थापाको आमा बन्ने रहर

हाम्रो सन्देश संवाददाता

काठमाडौं ।

रेखा थापा नेपाली चलचित्र क्षेत्रकि एक चर्चित अभिनेत्री र तथा र्निमात्री हुन् । सन् १९९९ मिस नेपालमा सहभागी भएर उनी उत्कृष्ट दस मा पर्न सफल भएकी थिइन् । वर्ष पछि उनले छबी राज ओझाको चलचित्र हिरोबाट नेपाली चलचित्र क्षेत्रमा प्रवेश गरेकी थिइन् । हालसम्म उनले २०० वटा भन्दा बढी नेपाली चलचित्रमा अभिनय गरेकी छिन् ।

चर्चित नायिका रेखा थापाले आफुलाई अन्य साधारण महिलाहरुलाई जस्तै आमा बन्ने रहर रहेको बताएकी छन्। केहि समय पहिले नेपाली सिनेमा जगतका बाघ निर्माता छविराज ओझासँग विवाह गरेर सम्बन्ध तोडेकी रेखालाई सञ्चारकर्मीद्वारा पहिले विवाह गरेर पनि आमा बन्नु भएन के एउटी महिला भएका नाताले तपाईंमा आमा बन्ने रहर छैन ।

भनेर दाङ पुगेकी उनलाई गरिएको प्रश्नमा थापाले भनिन्– ‘आम महिलामा जस्तै ममा पनि आमा बन्ने रहर छ । अब विवाह गर्ने उमेर पनि पुगेको छ । कुरा मिल्यो भने छिट्टै विवाह गर्छु र आमा पनि बन्छु ।’

केहि समयपहिले मात्र माओवादी छोडेर एकीकृत राप्रपा हुँदै राप्रपा नेपालमा प्रवेश गरेकी अभिनेत्री थापाले अब आफु राजनीतिक नायिका बन्ने समेत उल्लेख गरिन् ।नीति निर्माण तहमा भूमिका खेल्न राजनीतिमा आएको र अब यो क्षेत्रको पनि नायिका बन्ने उनको दावी थियो ।

‘चलचित्रमा मात्रै नायिका भएर महिलाका मुद्दाहरू उठाउन कठिन हुँदोरहेछ । अब म फिल्ममा मात्र होइन राजनीतिमा पनि नायिका बन्न चाहन्छु,’ रेखाले भनिन्– ‘अब महिलाका समस्यालाई राजनीतिक रूपमै सम्बोधन गर्ने योजनामा छु

चर्चित नायिका रेखा थापा सामाजिक संजालमा जति सक्रिय छिन त्यति धर्मकर्म मा पनि सक्रिय छिन । केहि दिन पहिले दिपावलीको शुभकामना दिदै सम्पूर्ण नेपाली लाई दिपावलीको शुभकामना दिएकि थिइन् ।

आज फेरी छठको शुभकामना दिएकि छिन । डुब्दै गरेको शुर्यको पुजा गर्दै गरेको फोटो आफ्नो फेसबुक पेजमा शेयर गर्दै छठको शुभकामना दिएकि हुन् ।लोकपर्व छठ अथवा सूर्य षष्ठी पूजा अचेल प्रायः सबैले गर्छन् । केही समय अगाडिसम्म तराईका मानिसहरुले मात्र मनाउने छठ पर्व आज पहाडमा पनि पूर्ण आस्थाका साथ छठ माताको पूजा-आराधना गरि मनाउने गरिन्छ ।

तर छठ पूजाको मौलिक कुराहरुको बारेमा धेरै मानिस अञ्जान छन् । छठ ब्रत बस्नेहरुको मनमा पनि छठ पूजाको बारेमा धेरै प्रश्न उत्पन्न भएका छन् ।

हाम्रो सन्देशमा प्रकाशित कुनैपनि लेख वा सामग्रीबारे गुनासो तथा सुझाव भए [email protected] मा पठाउनु सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर र भाईबरमा पनि जोडिन सक्नुहुन्छ ।