सुरक्षाका लागि जाँदै गरेको प्रहरीको गाडी दुर्घटना, एकको मृत्यु, २९ घाइते

हाम्रो सन्देश संवाददाता

तनहुँ, १ माघ ।

तनहुँको देवघाट गाउँपालिका–५ कालीमाटीमा प्रहरीको गाडी दुर्घटनामा परेको छ । दुर्घटनामा एकको मृत्यु भएको छ भने २९ जना घाइते भएका छन् । मृत्यु हुनेमा प्रहरी जवान सन्दीप केसी रहेका छन् ।

चितवन, तनहुँ र नवलपुरको सङ्गमस्थल देवघाटमा लागेको मकर मेलाको सुरक्षाका लागि आएको पोखरा गणको बा १ ग २११८ नम्बरको टुटन गाडी फर्कने क्रममा चितवनको दासढुङगा पुलपारि घुम्तीमा दुर्घटनामा परेको हो । घाइतेहरुको अहिले पुरानो मेडिकल कलेज र चितवन मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक लीलाराज लामिछानेले जानकारी दिनुभयो ।

गाडीमा ३४ प्रहरी सवार रहेको उहाँले बताउनुभयो । दुर्घटनामा अन्य केही प्रहरी गम्भीर घाइते भएको स्थानीयवासी पञ्चबहादुर गुरुङले जानकारी दिनुभयो ।

हाम्रो सन्देशमा प्रकाशित कुनैपनि लेख वा सामग्रीबारे गुनासो तथा सुझाव भए [email protected] मा पठाउनु सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर र भाईबरमा पनि जोडिन सक्नुहुन्छ ।