माघको पहिलो दिन नै बढ्यो सुनको मूल्य, कति पुग्यो ?

हाम्रो सन्देश संवाददाता

काठमाडौं, १ माघ ।

नेपाली बजारमा माघ महिनाको पहिलो दिन नै सुन तथा चाँदीको मूल्यमा बृद्धि भएको छ । पुसको अन्तिम दिन मंगलवार प्रतितोला छापावाला सुनको मूल्य ७४ हजार रहेको थियो । तर आज तोलामा ७ सयले बृद्धि भई प्रतितोला सुनको मूल्य ७४ हजार ७ सय कायम भइ कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तै आज तेजावी सुनको मूल्य ७ हजार ४ सय रहेको छ ।

आज चाँदीको मूल्यमा पनि तोलामा ५ रुपैयाँले बृद्धि भएको छ । मंगलवार प्रतितोला चाँदीको मूल्य ८ सय ८० रहेको थियो । तर आज मूल्यमा बृद्धि भइ प्रतितोला चाँदीको मूल्य ८ सय ८५ रहेको पनि महासंघले जनाएको छ ।

हाम्रो सन्देशमा प्रकाशित कुनैपनि लेख वा सामग्रीबारे गुनासो तथा सुझाव भए [email protected] मा पठाउनु सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर र भाईबरमा पनि जोडिन सक्नुहुन्छ ।