भोको ब्ल्याकहोलले पृथ्वी निल्न सक्ने नासाको दाबी

हाम्रो सन्देश संवाददाता

काठमाडौं ।

ब्ल्याकहोल अन्तरिक्षको एउटा भाग हो । जहाँ भौतिक विज्ञानको केहि पनि नियमले काम गर्दैन । यसको गुरुत्वाकर्षणबाट कोहि पनि बँच्न सक्दैन ।

यहाँसम्मकी सूर्यको प्रकाश पनि यहाँ प्रवेश गरेपछि बाहिर निस्किन सक्दैन । ब्ल्याकहोलले आफूमाथि आएका प्रकासहरुलाई सोस्ने गर्छ ।

गएको वर्ष अप्रिलमा वैज्ञानिकहरुले ब्ल्याकहोलको एउटा फोटो सार्वजनिक गरेका थिए । जसलाई देख्दै सारा विश्व नै चकित भएको थियो ।

त्यो फोटो पृथ्वीको सबैभन्दा नजिक रहेको ब्ल्याकहोल एम-८७ को थियो । यो भन्दा बाहेक २४ वर्ष पहिले ब्ल्याकहोलको बारेमा अनुसन्धान गरेपछि यसको नाम सेजिटेरस ए स्टार राखिएको थियो ।

यो आकाशको मिल्की वेको केन्द्रमा रहेको छ । यसलाई एउटा शान्त ब्ल्याकहोल मान्ने गरिन्छ । तर अहिले भने यो ब्ल्याकहोलमा हलचल भईरहेको पाइएको छ ।

अनुसन्धान कर्ताहरुले ब्ल्याकहोलद्वारा व्रह्माण्ड उथलपुथल हुने संकेत देखिएको छ । वैज्ञानिकहरुका अनुसार यो ब्ल्याकहोल सूर्यभन्दा ६० गुणा ठूलो ओजनको छ ।

वैज्ञानिकहरुले यो घटनालाई ज्वारीय विघटन(टाइडल डिसरप्सन) बताएका छन् । कयस खगोलीय घटनालाई नासाको उपग्रह ट्रान्जिटिङ् एक्सोप्लानेट सर्वे स्याटेलाइट (टीईएसएस) र नील गेहरेल्स स्विफ्टको सहयोगमा हेरिएको हो । यस घटनाको जानकारी दिँदै नासाले व्रह्माण्डमा यस्तो प्रकारको घटना कमै हुने गरेको बताएको छ ।

दस हजार वर्षदेखि १ लाख वर्षकोबीचमा यस्तो घटना हुने गरेको नासाले बताएको छ । नासाका अनुसार यस्तो घटना अहिलेसम्म ४० पटक मात्र भएको छ ।

एष्ट्रोफिजिकल जनरल लेटर्समा छापिएको एक रिसर्च रिपोर्टका अनुसार ब्ल्याकहोल सेजिटेरस ए स्टार पहिलेको तुलनामा एकदमै भोकाएको छ । किनभने यसले अहिले आफ्नो नजिकमा रहेका कुराहरु आफूभित्र समाहित गरिरहेको छ । यो पृथ्वीको नजिक आएमा पृथ्वी निल्न सक्ने नासाको दाबी छ ।

एक ब्ल्याकहोल आफै कुनै पनि प्रकारको प्रकाश निकाल्दैन । तर यसले आफूभित्र समाहित भएका कुराहरुबाट प्रकाशको श्रोत निकाल्न सक्छ । यो परिवर्तनले आकाश तथा पृथ्वीलाई भने खासै असर नपर्ने वैज्ञानिकहरुले बताएका छन् ।

बिभिन्न देशका ३ सय ४७ वैज्ञानिकहरुको टीमले अहिले ब्ल्याकहोलको अनुसन्धान गरिरहेका छन् । यस टीमका प्रोजेक्ट डाइरेक्टर वैज्ञानिक शेप डोएलेमानले जसरी २०१९ मा ब्ल्याकहोलको फोटो आएको थियो त्यसरी नै २०२० मा ब्ल्याकहोलको भिडियो आउन सक्ने बताएका छन् । एजेन्सीको सहयोगमा

हाम्रो सन्देशमा प्रकाशित कुनैपनि लेख वा सामग्रीबारे गुनासो तथा सुझाव भए [email protected] मा पठाउनु सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर र भाईबरमा पनि जोडिन सक्नुहुन्छ ।