ओरालो लाग्दै सुनको मुल्य, नया सुनको दरभाउ !! कति पुग्यो आज?

हाम्रो सन्देश संवाददाता

काठमाडौं, १ माघ ।

नेपाली बजारमा सुनको मूल्य घटेको छ । मंगलबार सुन तोलामा ८ सयले घटेर ७४ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी महासंघले जनाएको छ। यस्तै, तेजावी सुन तोलाको ७३ हजार ७ सय रुपैयाँ कायम गरिएको छ।

सोमबार सुन तोलाको ७४ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो।

चाँदी तोलामा ८८० रुपैयाँ कायम गरिएको छ। सोमबारको तुलनामा चाँदी १० रुपैयाँले घटेको हो। बजारमा सुन चाँदीको मूल्य घटबढ हुने क्रम जारी छ।

हाम्रो सन्देशमा प्रकाशित कुनैपनि लेख वा सामग्रीबारे गुनासो तथा सुझाव भए [email protected] मा पठाउनु सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर र भाईबरमा पनि जोडिन सक्नुहुन्छ ।