ओरालो लाग्दै सुनको मुल्य, आज कतिमा भईरहेको छ कारोबार ?

हाम्रो सन्देश संवाददाता

काठमाडौं, १ माघ ।

नेपाली बजारमा सुन–चाँदीको भाउ घटेको छ । मंगलबार छापावाला सुनको भाउ तोलामा ८०० रुपैयाँले घटेर ७४ हजार रुपैयाँमा कारोबार भएको छ ।

सोमबार छापावाला सुनको भाउ ७४ हजार ८०० रुपैयाँ कायम भएको थियो । यस्तै, तेजावी सुनको भाउ पनि प्रतितोला ८०० रुपैयाँले नै घटेर ७३ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ ।

मंगलबार चाँदीको मूल्यपनि प्रतितोला १० रुपैयाँले घटेर ८ सय ८० रुपैयाँ कायम भएको छ । सोमबार चाँदीको भाउ ८ सय ९० रुपैयाँमा कारोबार भएको सुन–चाँदी व्यवसायी महासंघले बताएको छ । छोटो समयमा अत्याधिक बढेको सुुनको भाउ केही तल झर्नेक्रममा रहेको हो ।

हाम्रो सन्देशमा प्रकाशित कुनैपनि लेख वा सामग्रीबारे गुनासो तथा सुझाव भए [email protected] मा पठाउनु सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर र भाईबरमा पनि जोडिन सक्नुहुन्छ ।