गर्ल्स होस्टेलमा २२ बर्सिया सोसिका शेर्पाको शंकास्पद निधन

हाम्रो सन्देश संवाददाता

काठमाडौं, २९ पुस ।


मध्यबानेश्वरमा रहेको ‘द रोमिज गर्ल्स होस्टल’ मा २२ वर्षीया सोसिका शेर्पाको शङ्का’स्पद मृ’त्यु भएको छ। होस्टेलको लापर’बाहीका कारण स्नातक पहिलो वर्षमा अध्ययनरत ताप्लेजुङ मैवाखोला- ४ की २२ वर्षीया शेर्पाको मृ’त्यु भएको परिवारको आ’रोप छ। पुस २२ मा दिउँसो बाथरुममा नुहाउन छिरेकी सोसिका अ’चेत अवस्थामा भेटिएको होस्टेलमा रहेका उनका साथीहरूबाट बुझिएको छ। बाथरुम छिरेकी उनी ३ घण्टासम्म बाहिर नआउँदासमेत होस्टेलले वास्ता नगरेको अनुस’न्धानले देखाएको छ।

होस्टलमा न त वार्डे’न न त सु’रक्षा गार्ड। सामान्य मा’पदण्डसमेत पूरा नगरेको मध्यबानेश्वरमा रहेको द रोमिज गर्ल्स होस्टेलमा ३० जना छात्रा राखेर सञ्चालन गर्दै आएको पाइयो। होस्टलले पूरा गर्नुपर्ने माप’दण्ड कुनै पनि नभएको भन्दै आफ्नो छोरीले अकालमै ज्या’न गु’माउनु परेको सोसिकाका बुबा फुर्वा शेर्पाको आ’रोप छ। उनले भने, ‘अरुले मेरो छोरीले जस्तो ज्या’न गुमाउन नपरोस्।’ ग्यास गिजर प्रयोग गर्दा अक्सिजन अभावका कारण निसासिएर उनकाे मृ;त्यु भएकाे हुनसक्ने प्रारम्भिक अनुमान छ। होस्टलको ला’परबाहीकै कारण मृ’त्यु भएको मृत’कका काका संगम शेर्पाले दाबी गर्दै सञ्चालकलाई कार’बाही गर्न मा’ग गरे।

सञ्चालक सीमा न्यौपानेले माप’दण्ड पूरा नगरी ३० जना छात्रा राखेर सञ्चालन गरेको पाइएपनि प्र’हरीले कुनै चासो नदेखाएको परिवारको आरो’प छ। ‘गेटमा सुर’क्षा गार्ड र होस्टल वार्डे’नसमेत नहुनु दुखद हो,’ पीडि’त परिवार भन्छन्, ‘छोराछोरीलाई होस्टल राख्दा विचार पुर्‍याउनु होला। होस्टलमा अत्यावस्यक सामाग्री र भौतिक संरचनाको अभाव छ, माप’दण्ड बिना सञ्चालनमा छ।’ मृ’क शेर्पाको पोष्टमार्टेमपछि शनिबार दाहसंस्कार गरिएको छ। तर, होस्टल सन्चालिका सोसिकाको दाह’संस्कारमा नआएको र संवेदनशीलता नदेखाएको भन्दै का’रबाही गर्न माग गरे। होस्टलको बहानामा काठमाडौंमा छ्याप्छ्याप्ती खुलेका नक्कली होस्टलमाथि तत्काल नियमन गरी कार’बाही गर्नुपर्ने माग परिवारकाे छ।

हाम्रो सन्देशमा प्रकाशित कुनैपनि लेख वा सामग्रीबारे गुनासो तथा सुझाव भए [email protected] मा पठाउनु सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर र भाईबरमा पनि जोडिन सक्नुहुन्छ ।