१० वटा प्रेरक भनाइहरु जस्ले तपाईंको जीवनमा अबस्य परिवर्तन ल्याउने छ

हाम्रो सन्देश संवाददाता

१.प्रेरणा पाउन धेरै चाहिंदैन।अलिकतिले पनि पुग्छ।
अलिकति राम्रो सोचे पुग्छ।अलिकति राम्रो गरे पुग्छ।
अलिकति बानी अरू सपारे पुग्छ।अलिकति हेराइ सुधारे पुग्छ।
अलिकति विश्वास बढाए पुग्छ।अलिकति मुस्कुराए पुग्छ।

२. अँध्यारो छ? बत्ती बाल।उज्यालो छ? आँखा खोल।
गन्तव्य छ? पाइला चाल।आशा छ?साकार पार।

३. फुर्सद छैन?जे कुराको चाहना भित्रै मनदेखि गरिन्छ त्यसले समय पाउँछ।गाह्रो छ?जे कुरा भित्रै मनदेखि खोजिन्छ त्यसलाई कुनै अप्ठेराले छेक्नसक्दैन।
ठूलो इच्छा छ भने ठूलो प्रयास गरिन्छत्यसमा ठूलो धैर्य राखिन्छ जे आइपरे पनि बाटो छोडिन्न ठूलो इच्छाले बाटो देखाइरहन्छ।

४. दृढता हुनुपर्छ,अहंकार होइन।आत्मविश्वास हुनुपर्छ,
दम्भ होइन।सहिष्णुता हुनुपर्छ,आत्म-समर्पण होइन।
मानिस स्वाधीन प्राणी हो,वृहत् सम्बन्धमा रहन्छ,
परिस्थिति हेर्छ, सन्दर्भ बुझ्छ,निर्णय लिन्छ,अगाडि बढ्छ।

५.यथार्थबाट नहटेर सपना देखिदैन।सपना नदेखेर परिवर्तन ल्याइदैन।यथार्थबाट केही नलिएर परिवर्तन हुँदैन।यथार्थलाई यथावत राखेर परिवर्तन आउँदैन।परिवर्तन शुरु गर्ने शक्ति र साधन वर्तमानमै हुन्छन्तिनको उपयोग हुनुपर्छ, प्रभावकारी उपयोग!

६. जीवन कैयौं मोड हुँदै अगाडि बढेको हुन्छ आकस्मिक हुन्छन् कतिपय मोड।सोचेका नसोचेका मोड र चौबाटा आइरहन्छन्
रोज्नुपर्छ।मानिसले जस्तो बाटो रोज्छ त्यस्तै बन्छ।बाटो ठीक रोजियोस्।जसरी हिंड्छ त्यसरी बन्छ।हिंडाइ शुभदायी होस्।

७. एइटा नदीमा धेरै खोलानाला मिसिएका हुन्छन्
नदीले रोज्न सक्दैन के मिसाउने के नमिसाउने।एउटा मानिसमा धेरै बोली, प्रभाव र सम्बन्ध मिसिएका हुन्छन् मानिसले रोज्न सक्छ केकति मिसाउने केकति नमिसाउने।हाम्रा रोजाइ राम्रा होउन् हाम्रा सम्बन्ध राम्रा रहुन् हामी प्रगति गर्न सकौं।

८. आफुले केलाई निरन्तरता दिने के नयाँ शुरु गर्ने आफ्नै खुशीको कुरा हो,खुशीकोभन्दा बढी समझको कुरा हो।
निरन्तरता यस्तो होस्,जीवनको अर्थ बढोस्,क्षमताको राम्रो उपयोग होस्।आफुलाई सन्तोष होस् अरुबाट सराहनीय होस्।

९. रिस राम्रो कुरा होइन, रिसाउन हुँदैन।तर क्रूरता देख्दा अपराधिकता देख्दा दण्डहीनता देख्दा जिम्मेवारहरूले ज़िम्मेवारी कुल्चेको देख्दा झूठ र अन्याय देख्दा मानिसले मानिसपन बिर्सेको देख्दा तिमीलाई रिस उठ्छ भने तिमी असल मानिस हौ।तिमी शुभवाहक हौ,तिमीलाई सलाम छ।

१०. वर्तमान अनुकूल होस् वा प्रतिकूल,सोच्नु त भविष्यबारे पर्छ,अगाडि बढ्नु त आजै पर्छ,अपेक्षा पूरा गर्न त हिड्नैपर्छ।
राम्रा दिन आफै आउँदैनन्,ल्याउनु त आफैले पर्छ।

हाम्रो सन्देशमा प्रकाशित कुनैपनि लेख वा सामग्रीबारे गुनासो तथा सुझाव भए [email protected] मा पठाउनु सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर र भाईबरमा पनि जोडिन सक्नुहुन्छ ।