मन छुने भनाई प्रेममा धोका पाए पछिका मन छुने १० वटा भनाईहरु

हाम्रो सन्देश संवाददाता

१.जुन दिन तिमीलाई पनि कसैले रुवाउने छ त्यो दिन मेरो खुब याद आउने छ ।

२. हिजोसम्म म कसैको लागि खास थिए तर आज उसकै लागि स्राप भएको छु,उसले भुली होला सगै बिताएको त्यो पल तर अब मेरो बाकी जिन्दगी त्यही यादमा जिउने भएको छु म ।

३. तिमी मेरो प्रेमको काहानी र बलिदान लेखिदिनु ल एउटा डायरी मा,कसैले पढे भनेपनी प्रेम के हो भन्ने महत्त्व थाहा
पाउने छन ।

४. बडो अचम्मको थियो हाम्रो प्रेम न म सँग हरेक कुराको प्रमाण थियो न तिमी सँग बिश्वास ।

५. तिमी गयौ तिम्रो याद गएन,आँशु बग्यो पिर बगाई लगेन।

६.तिमी मात्रै हो त्यति माया अनि विश्वास गर्दा नि मबाट टाढा हुने। तिम्रा यादहरु त मैले जति बेवास्ता गर्दा पनि मलाई हरदम पछ्याईरहेछन्।

७.तिमी झुटमा झुट बोल्दै गयौ म बुद्धु भने त्यही झुटलाई सत्य सम्झि मख्ख पर्दै बसिरहे।र जब त्यो झुट झुट साबित भयो नि अनि सम्झिएँ कसैलाई झुट बोल्न अप्रिल फुलको नै आवश्कता नपर्ने रैछ।

८. हिजो तिम्रो साथ छँदा धेरै बाँच्न पाईयोस् भनेर भगवानसँग प्राथना गर्ने म आज त्यही भगवानसँग मलाई यस संसारबाट चाँडै लैजा भनेर गुनासो गरिरहेछु।

९.निकै ठूलो भूल भएछ मबाट।माफ गरिदेऊ।थाहा थिएन मलाई, कसैकसैले हद भन्दा बढी प्रेम सहन सक्दैनन् भनेर।

१०.तिमीले मलाई सम्झिनु जरुरी ठानिनौ र मैले तिमीलाई कहिल्यै बिर्सिन चाहिनँ।यहि त फरक छ तिमी र म मा।तिमी सम्बन्ध तोड्न चाहान्छौ तर जोडेको सम्बन्ध तोड्ने मेरो बानी छैन।

हाम्रो सन्देशमा प्रकाशित कुनैपनि लेख वा सामग्रीबारे गुनासो तथा सुझाव भए [email protected] मा पठाउनु सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर र भाईबरमा पनि जोडिन सक्नुहुन्छ ।