साथीको छोरीको संवेदनशील अंग छुदा इटहरीका कर्णेलको जागिर चट

हाम्रो सन्देश संवाददाता

इटहरी ।

आफ्नै साथीकी छोरीलाई अनैतिक कार्य गर्न खोजेर जागिरबाट हात धोएका महासेनानी प्रेम थापापछि पूर्वी पृतना इटहरीका लेफ्टिनेन्ट कर्णेल सनिजकुमार रेग्मी आफू मातहतकी जमदारको संवेदनशील अङ्ग मुसारेको अभियोगमा बर्खास्त भएका छन् । त्यस्तै, मेकानिकल इञ्जिनियरिङतर्फ धनगढीमा कार्यरत एक जना मेजरले सेनाभित्रकै एकल महिलासँग फेसबुकमा नाङ्गिने क्रममा उनकी छोरीको उजुरीको कारण घटुवामा परेपछि राजीनामा दिएका छन् ।

सैनिक हस्पिटल छाउनीमा कुमाल थरकी महिला सिपाहीसँँग शारीरिक सम्बन्ध राख्ने जमदार उत्सव महरासहित दुई जनाको जागिर जानुका साथै ३–३ महिनालाई जेल चलान गरिएको छ । सेनामा प्ले ब्वाईको उपनामले चर्चित महासेनानी दीप सिंहले भने भर्खरै राजीनामा दिएका छन् । अझै ३ वर्ष सेवा अवधि बाँकी छँदै किन राजीनामा दिए होलान् ? बुझ्न गाह्रो छैन ।

यसैबीच, पूर्व सेनापति रुक्मांगद कटवालको छोरा प्रमुख सेनानी सुमांगतको शैक्षिक प्रमाणपत्रमा खोट देखिएर जागिर गएपछि इण्डियाबाट सर्टिफिकेट ओसार्ने अन्य अधिकृतलाई पनि खतराको घण्टी बजेको छ । यसै सिलसिलामा प्रमुख सेनानी अमरसिंह थापा र सुजित खड्काको जागिर जाने पक्का भएको चर्चा छ ।

हाम्रो सन्देशमा प्रकाशित कुनैपनि लेख वा सामग्रीबारे गुनासो तथा सुझाव भए [email protected] मा पठाउनु सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर र भाईबरमा पनि जोडिन सक्नुहुन्छ ।