अभिनेत्री ऋचा र अर्की अमृता हाइ प्रोफाइल यौ*न धन्दामा फाइभ स्टार होटलबाट पक्राउ !

हाम्रो सन्देश संवाददाता

काठमाडौं, २८ पुस ।

बिग बोस कन्टेस्टेन्ट अरहान खानकी पूर्व प्रेमीका अमृता धनोआलाई हाइ प्रोफाइल यौ*न धन्दामा संलग्न रहेको आरोपमा प्रहरीले शुक्रबार राति पक्राउ गरेको छ। अमृतालाई प्रहरीले मुंबईको एक फाइभ स्टार होटलबाट पक्राउ गरेको थियो। उक्त होटलबाट अमृता बाहेक अर्की एक अभिनेत्री ऋचा सिंहलाई पनि पक्राउ गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। पक्राउ परेपछि अमृताले आफ्नो बयान दिदै आफ्ना पूर्व प्रेमी अरहानमाथि आरोप लगाएकी छिन्।

अमृताले आफूलाई फसाइएको बताएकी छिन्। यो सबै अरहानले आफूलाई फसाउनका लागि गरेको अमृताको आरोप छ। उनले भनेकी छिन्, मलाई फसाइएको छ। यस रेडको योजना बताइएको थियो। मलाई थाहा छ की यो सबै काम अरहानले गराएका हुन्।

रिर्पोटका अनुसार प्रहरीलाई गलत सुचना दिइएको अमृताको आरोप छ। उनीहरुले एक साधारण पार्टी गरिरहेका बेला प्रहरीले छापा पारेको अमृताको दाबी रहेको समाचारमा जनाइएको छ।

हाम्रो सन्देशमा प्रकाशित कुनैपनि लेख वा सामग्रीबारे गुनासो तथा सुझाव भए [email protected] मा पठाउनु सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर र भाईबरमा पनि जोडिन सक्नुहुन्छ ।