पशुपति अन्नपूर्णा आश्रमद्वारा रोल्पाका अनाथ बालबालिकालाई न्यानो कपडा वितरण

हाम्रो सन्देश संवाददाता

पुस २६, काठमान्डौ ।

पशुपति अन्नपूर्णा आश्रमले बिकट रोल्पाका बालबालिकाहरुलाई न्यानो कपडा सहयोग गरेको छ । रोल्पाको सिद्दार्थ नमुना माबि घोप्टेओढार गंगादेबमा अध्यनरत अनाथ, असाय, अपाङ्ग, टुहुरा, द्वन्दपिडित तथा जेहेन्दार बालबालिकाहरुलाई जाडोमा लगाउने कपडा दिएको हो ।

बिद्यालयमा अध्यनरत ५३ जना बालबालिकाहरुलाई जाडोमा लगाउने ज्याकेट, ट्राउजर र टोपी हस्तान्तरण गरिएको हो ।

नेपाल प्रज्ञा प्रतिष्ठान काठमान्डौमा शनिबार भएको सार्बजानिक यातायात केन्द्रिय महासंघ नेपालको प्रथम राष्ट्रिय साधारण सभा उद्घाटन समारोह बीच प्रमुख अतिथि तथा पूर्व प्रधानमन्त्री माधब कुमार नेपाल र पशुपति अन्नपूर्णा आश्रमका संस्थापाक संरक्षक प्राज्ञ डा. जगदीश बैद्यद्वारा न्यानो कपडा हस्तान्तरण गरिएको थियो ।

बालबालिकाहरुको न्यानो कपडा सिद्दार्थ नमुना माविका सुचना संयोजक केबी गुरुङलाई हस्तान्तरण गरिएको हो ।

बिद्यालयका शिक्षक तथा नमुना बिद्यालय निर्माण अभियान संयोजक प्रेम बहादुर ओलीको समन्वयमा पशुपति अन्नपुर्ण आश्रमले बिकट रोल्पाका बालबालिकालाई न्यानो कपडा सहयोग गरेको हो ।

पशुपति अन्नपूर्णा आश्रम संस्थाले नेपाल भरी बौद्धिक अपांग,अनाथ बालबालिका, गुरु कुल अति दुर्गम क्षेत्रमा मानबिय सेबा गरेबापत आश्रमका केन्द्रिय अध्यक्ष तथा राष्ट्रिय समाजसेवी प्रा.डा.जगदीश वैद्यलाई पुर्ब प्रधानमन्त्री माधब कुमार नेपालद्वारा सोहि कार्यक्रम बीच बिशिष्ट सल्लाहकारमा सम्मान गरिएको थियो ।

वैद्य २०३५ सालबाट निरन्तर समाजसेवा गर्दै आएका छन्। उनि राष्ट्रिय समाजसेबी हुन्, प्रा.डा.जगदीश वैद्य थुप्रै राष्ट्रिय तथा अन्तराष्ट्रिय अवार्डबाट सम्मानित भएका छन् ।

हाम्रो सन्देशमा प्रकाशित कुनैपनि लेख वा सामग्रीबारे गुनासो तथा सुझाव भए [email protected] मा पठाउनु सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर र भाईबरमा पनि जोडिन सक्नुहुन्छ ।