गायक उदित नारायण झा का छोरा आदित्य सँग विवाह गर्दै नेहा ?

हाम्रो सन्देश संवाददाता

काठमाडौँ ।

भारतको चर्चीत रियालिटी सो इन्डियन आइडल नेपालमा पनि उत्तिकै लोकप्रिय बनेको छ । सो लाई यस पटक आदित्य नारायण झाले होस्ट गरिरहेका छन् । इन्डियन आइडल मा जजको रूपमा नेहा कक्कड, हिमेश रेशमिया र विशाल रहेका छन् । यस्तै इन्डियन आइडल को मञ्चमा आदित्य र नेहाको नोकजोक निकै देख्न पाइन्छ । उनीहरू एक अर्कासँग निकै मस्ती गर्छन् । यस्तै अब आउने एपिसोडमा इन्डियन आइडल को मञ्चमा गेस्टको रूपमा आदित्यका मातापिता अर्थात् बलिउड तथा नेपालका पनि लोकप्रिय गायक उदित नारायण झा र दीपा झा आउनेछन् ।

दिपा र उदितले नेहालाई आफ्नो बुहारी बन्न प्रस्ताव पनि गर्नेछन् । अझ सेटमा आदित्य र नेहाको विहेको दृश्य समेत देख्न पाइने भारतीय मिडियाले बताएको छ । यस्तै उदित र दिपाले नेहालाई साच्चै नै आफ्नो बुहारी बनाउन चाहेको खबर पनि बाहिर आइरहेको छ । तर यसबारे नेहा र आदित्यले केहीपनि बताएका छैनन् ।

तपाईको समाचार, लेख /रचना वा सुझाव र प्रतिक्रिया भएमा [email protected] मा पठाउनुहोला ।