नायिका निता ढुङ्गाना भन्छिन् विवाह गर्न रहर छ, तर केटा नपाएर हैरान भा छु

हाम्रो सन्देश संवाददाता

काठमाडौँ ।

अभिनेत्री निता ढुङ्गाना एक अन्तरवार्तामा आफूलाई बिहे गर्ने रहर भएको बताएकी छिन् । पछिल्लो समय तेती मिडियामा देखा नपरेकी अभिनेत्री निता अहिले आफ्नो रिलिज हुन लागेको चलचित्र ‘कर्मा’को प्रचार प्रसारमा रहेको बेला विवाह गर्न हतार भएको कुरा बताएकी हुन् । निता ढुङ्गानाले क्यानडा नेपालसँग कुराकानी गर्दै भनिन्, “मलाई विवाह गर्न रहर लागेको छ तर विवाह गर्न केटा भेटाउन गाह्रो रहेछ ।

खोज्न पनि लाएकी छु तर अहिले सम्म कोही भेटिएको छैन र जुरेको पनि छैन । मिल्ने केटा पाए म विवाह गर्न तयार अवस्थामा छु । यो वर्ष त होइन अर्को वर्ष सम्म पक्का मेरो विवाह हुन्छ भन्ने लागेको छ । नायिका निता दुंगानाले अहिले चलचित्र निर्माणमा हात हालेकी छिन र चाडै नै चलचित्र फ्लोरमा लाने तयारीमा जुटेकी छिन् । दुई वर्ष अघि आफ्नो जन्मदिनमा चलचित्र निर्माण गर्ने घोषणा गरेकी निताले अहिले आएर मात्र फ्लोरमा जाने पक्का गरेकी छिन् ।

घोषणा गरेको दुई वर्ष पश्चात् मात्र किन बल्ल फ्लोरमा जान लाग्यो भने सोध्दा निता भन्छिन्, “सुरुमा चलचित्रको कन्सेप्ट मन परेर निर्माणको घोषणा गरे तर त्यो बेला निर्देशक नै हराए र चलचित्र रोकियो । त्यस पश्चात् पैसा नि कमी भयो र चलचित्र रोकियो र कहिले पैसा हुँदा राम्रो कन्सेप्ट हात लागेन । अहिले आएर सबै कुरा मिलेको छ र चलचित्र फ्लोरमा जाँदै छ ।” निता ढुङ्गानाको प्रेम र ब्रेकअपको गसिपले मिडिया घरिघरि तातिने गर्थ्यो । आमेश भण्डारीसँगको ब्रेक अप पश्चात् निता ढुङ्गाना अहिले सिङ्गल बस्दै आएकी छिन ।

तपाईको समाचार, लेख /रचना वा सुझाव र प्रतिक्रिया भएमा [email protected] मा पठाउनुहोला ।